‘लालजोडी’मा हुनेछ सुवास र निताको कमेडी
निर्माणको तयारीमा रहेको चलचित्र ‘लालजोडी’का लागी मुख्य कलाकार पक्का भएका छन् । अब चलचित्र ‘लालजोडी’मा नायक सुवास थापा र नायिका निता ढुंगाना एकसाथ कमेडी गरेको देख्न सकिनेछ । वैशाखको तेश्रो साताबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रलाई संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्दै छन् । लक्ष्मणले यस अघि ‘एउटा साथी’ नामक चलचित्र निर्देशन गरेका थिए ।…