Thu. Mar 28th, 2024

फागुन ४ गते आयोजना भएको मिष्टर नेपाल २०१५ का प्रतिस्पर्धीले आयोजक संस्था एक्सपोज नेपालले प्रतियोगितामा धाँधली गरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । मिष्टर नेपालमा सहभागिता जनाएको युवाहरुको समूहले रिाजधानीमा एक पत्रकार सम्मेलन गरी आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । अहिलेको मिष्टर नेपाल विजेत कुनैपनि विधामा उत्कृष्ट नभएपनि मिष्टर नेपाल घोषणा गरिएको, विभिन्न विधामा दिईने ‘सव टाईटल’ प्रतिस्पर्धामा सहभागिता नजनाएका व्यक्तिले पाएको विज्ञप्ती मार्फत जानकारी गराएको छ । त्यस्तै फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गरेका प्रतियोगिहरुलाई मापदण्ड विपरित मूल्याङ्कन गरेको, अरुलाई एकै किसिमको र विजेतालाई फरक किसमको प्रश्नहरु सोधिएको आरोप लगाए ।

mister

आयोजक एक्सपोज नेपालका निर्देशक दिनेश शाहीले आफूहरुलाई बेला—बेलामा धम्की दिने तथा मिष्टर नेपाल २०११ का विजेता आयुष्मान घिमिरेले सामाजिक सञ्जाल मार्फत आफूहरुको मानहानी गरेको समेत युवाहरुले आरोप लाए । २ महिनाको १६ हजार ७ सय रुपैयाँ तिरेर मिष्टर नेपाल बन्ने सपना बोकेका युवाहरुले आफ्नै आँखा अगाडि जालझेल गरेको, ज्यानमार्ने धम्की दिएर ‘मिष्टर नेपाल’ जस्तो गरिमामय अवार्डको नाममा एक्सपोज नेपालले कमाई खाने भाँडो बनाएको आरोप लगाए ।

press rerease

प्रेस विज्ञप्ती 

आफूहरुसंग ठोस प्रमाण नभएपनि मिष्टर नेपाल प्रतियोगीतामा दोश्रो स्थानमा रहेका मिलनलाई पनि अवार्ड खोसिने आयोजकले धम्की दिएको मिलनको भनाई छ । असन्तुष्ट रहेका प्रतिस्पर्धीहरुले आफुहरुले असुरक्षित महशुस गरेका कारण ज्यानको सुरक्षा तथा अवार्ड दिने नाममा युवाहरुलाई ठगी गर्ने आयोजकलाई कार्वाही हुनुपर्ने माग गरे ।

%d bloggers like this: