Thu. Apr 25th, 2024

तामिल चलचित्रका सुपरस्टार रजनीकान्तले अभिनय गरेको चलचित्र लिंगाका विषयमा परेको मुद्धा अदालतले खारेज गरिदिएको छ। मद्रासको उच्च अदालतले रजनीकान्तको चलचित्र लिंगाले गैर कानुनी रुपमा करछुट पाएको भन्दै परेको मुद्धा खारेज गरेको हो। अदालतमा लिंगा तमिल शब्द नभई संस्कृत शब्द भएकोले सो चलचित्रलाई रजनीकान्तको प्रभावमा परी गैर कानुनी रुपमा कर छुट दिइएको भन्दै मुद्धा परेको थियो। राज्य सरकारले सन् २००६ मा तमिल सँस्कृतिमा आधारित तमिल भाषाको चलचित्रलाई कर छुट दिने नीति पारित गरेको थियो। लिंगामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा साउथ चर्चित अभिनेत्री अनुष्का सेट्टीको अभिनय रहेको छ । चलचित्रलाई के एस रविकुमारले निर्देशन गरेका थिए ।

%d bloggers like this: