Fri. Apr 19th, 2024

हलिउड अभिनेत्री जेनिफर लोपेजले आफ्ना ७ वर्षका जुम्ल्याहा सन्तान म्याक्स र एमीबाट अत्यन्त सन्तुष्ट भएको बताएकी छिन् । उनले एक बेवसाइटका लागी दिएको अन्तरर्वार्तामा भनेकी छिन् -‘मेरो दुई जुम्ल्याहा सन्तानहरुलाई मैले अभिनय गरेको कुन चलचित्र प्रदर्शनमा आउदैंछ भन्ने कुरा अगाडी नै थाहा भइसकेको हुन्छ ।’ उनी अगाडी भन्छिन् -‘यहाँसम्म कि मेरा दुई जुम्ल्याहा सन्तानहरुलाई चलचित्रको रिलिज डेट र उक्त चलचित्रका गीतका बारेमा समेत पुर्ण जानकारी भइसकेको हुन्छ ।’

jenifor

जेनिफर घर नभएको बेला उक्त जुम्ल्याहा सन्तानले चलचित्रको ट्रेलर हेरेर सबै जानकारी लिने गरेको जेनिफर बताउँछिन् । ७ वर्षका भएपनि स्मार्ट यी सन्तान सोसल मिडियासँग समेत जोडिइसकेका छन् । उनीहरू जेनिफरको इन्स्टाग्राम अकाउन्ट खोलेर उनका तस्विर हेर्छन् । आमाका हरेक क्रियाकलापमा चासो राख्ने यि सन्तानको अचम्म लाग्दो स्मार्टनेस देखेर जेनिफर आफैं छक्क पर्छिन् । जेनिफर अभिनित चलचित्र ‘होम’ २७ मार्चमा रिलिज भएको छ, जसमा उनले आमाको भूमिकामा निर्वाह गरेकी छिन् । यो चलचित्रलाई टिम जोन्सनले निर्देशन गरेका हुन् ।

%d bloggers like this: