Sun. May 5th, 2024

subesh and neeta

निर्माणको तयारीमा रहेको चलचित्र ‘लालजोडी’का लागी मुख्य कलाकार पक्का भएका छन् । अब चलचित्र ‘लालजोडी’मा नायक सुवास थापा र नायिका निता ढुंगाना एकसाथ कमेडी गरेको देख्न सकिनेछ । वैशाखको तेश्रो साताबाट छायांकन सुरु हुने बताइएको यस चलचित्रलाई संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्दै छन् । लक्ष्मणले यस अघि ‘एउटा साथी’ नामक चलचित्र निर्देशन गरेका थिए । लक्ष्मणले निर्देशन गर्ने यो दोस्रो चलचित्र हो । लालजोडीका लागी मुख्य कलाकार पक्का भएको जानकारी दिदैं निर्देशक सुवेदीले चलचित्रका लागी बाँकी अरु कलाकारहरुको छनोट पनि चाडैं हुने बताए । भावानात्मक कुरा र कमेडी पाटोलाई बिशेष महत्वमा राखेर निर्माण हुन लागेको यस चलचित्रमा अष्ट महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, सन्तोष श्रेष्ठ र टंक बुढाथोकीको संगीत रहने छ । चलचित्रको छायांकन काठमाण्डौ र दामनमा हुनेछ ।

%d bloggers like this: