Wed. Apr 24th, 2024

आजबाट तिन ठुला नेपाली चलचित्र हवल्दार सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ एकसाथ प्रदर्शनमा आएका छन् भने बलिउड चलचित्र एक पहेली लिला पनि प्रदर्शनमा आएको छ । नेपाली सिनेमा हलहरुमा हवल्दार सुन्तली,सेतो बाघ र नाईँ नभन्नू ल ३ को राम्रै युद्ध हुने देखिएको छ । दर्शकहरुको राम्रै रोजाईमा परेका ठुला बजेटका यि तिन नेपाली चलचित्र मध्य कसले बाजी मार्ला त्यो भने भोलीबाटनै थाहा हुन्छ तर राम्रा चलचित्रहरु यसरी एकसाथ प्रदर्शनमा आउँदा न दर्शकले सोचे अनुरुपको मनोरञ्जन लिन सक्छन् नत चलचित्रका निर्माताहरु नै खुसी हुन । तर जे होस् आजबाट देशभर प्रदर्शनमा आएका तिन ठुला चलचित्रका विषयमा नै कुरा गरौं ।

 यस्ता छन् आजबाट देशभर प्रदर्शनमा आएका तिन ठुला चलचित्रहरु :

 चलचित्र ‘हवल्दार सुन्तली’

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रले एक वास्तविक घटनालाई बोलेको छ । चलचित्रको शिर्ष भूमिकामा नायिका शिल्पा पोख्रेल देखिएकी छिन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडाले शिल्पालाई साथ दिएका छन् । चलचित्रलाई निर्माता छविराज ओझाले निर्माण गरेका हुन् ।

seto bag,nai navannu la 3 and hawolder suntali

चलचित्र ‘नाइँ नभन्नू ल ३’

मुस्कान आचार्यले निर्देशन गरेको यस चलचित्रलाई विकास आचार्यले निर्माण गरेका हुन । यसभन्दा अघिका ‘नाइँ नभन्नु ल’,‘नाइँ नभन्नु ल २’ विकास आचार्यले नै निर्देशन गरेका थिए । यो चलचित्रमा आर्यन सिग्देल,प्रियंका कार्की, सुरजसिंह ठकुरी,संचिता लुईंटेल, संयम पुरी,आश्मा डिसी तथा बाल कलाकार अनुभव रेग्मी र सफला भट्टराई लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

 चलचित्र ‘सेतो बाघ’

डायमण्ड शमशेर राणाको ऐतिहासिक उपन्यासमाथी निर्मित चलचित्र सेतो बाघमा तत्कालिन राणा शाशक जंगवहादुरको अन्तिम तीस दिनलाई समेटिएको छ । बरिष्ठ चलचित्रकर्मि निर शाह द्धारा निर्देशित यस चलचित्रमा जंगबहादुर राणाको भूमिका बिएस राणा छन् । त्यस्तै चलचित्रमा राजाराम पौडेल, रवि गिरी तथा पवन मैनालीको पनि अभिनय रहेको छ ।

%d bloggers like this: