Tue. Jun 6th, 2023

अनलाइन बिक्रिमा रेकर्ड बनाउदै राजनीतिक रुपमै अमेरिका र उत्तर कोरियाबीच तनाव ल्याएको हलिउड चलचित्र ‘द इन्टरभ्यू’लाई बेलुनमा राखेर उत्तर कोरिया पठाइएको छ।  यसअघि नै बेलुनमा हालेर उत्तर कोरिया पठाउने कार्यक्रम तय भएको थियो। उत्तरकोरियाले त्यसरी चलचित्र पठाए नराम्रो हुने चेतावनी दिएको थियो।  तर बिहिबार अधिकारकर्मी ली मिन बोकले हेलियमले भरिएको बेलुनमा हालेर हजारौं प्रति चलचित्रका सिडी उत्तरकोरियाको सीमामा उडाएको बताए।

the interview

रिलिज हुनु पूर्व नै विवादमा आएको सो चलचित्रमा उत्तर कोरियाका नेता किम जोङ उनको हत्या गरिएको कथा छ। उत्तर कोरियाले चलचित्र हलमा रिलिज गरिए अमेरिकामा आक्रमणको धम्की दिएपछि फिल्म इन्टरनेटमा मात्र रिलिज भएको थियो। चलचित्रमा देखाइए अनुसार यो षड्यन्त्र अमेरिकाले रचेको हो । यस अघि ह्याकरहरूको धम्कीपूर्ण ई-मेलका कारणले सोनी पिक्चर्सले यो चलचित्र क्रिसमसमा रिलीज गर्ने योजना रद्द गरेको थियो ।

%d bloggers like this: