Thu. Apr 25th, 2024

बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रेशम फिलिली’ले क्यान्सरविरुद्ध चेतना जगाउदै आएको संस्था ‘रोज फाउण्डेसन’को सहयोगार्थ च्यारिटी शो गर्ने भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि निर्माणपक्षले यस्तो बताएको हो । ‘जालमा’ नामक बोलको अडियो गीतबाट अत्याधिक सफलता पाएको भन्दैं कार्यक्रममा चलचित्रको जम्बो यूनिटले नै उक्त गीतमा कम्मर मर्काएको थियो । चलचित्रको टिर्सट र पोष्टरपनि कार्यक्रममा सार्वजनिक गरिएको थिए । टिर्सट र पोष्टर सार्वजनिक पश्चात कार्यक्रममा बोल्दैं निर्माता माधव वाग्लेले चलचित्र राम्रो बनेको बताए ।

Resham-Filili-press-meet-1

‘दर्शक,स्रोताले चलचित्रको ‘जालमा’ बोलको गीतलाई निकै मनपराउनु भयो हामी पुर्ण रुपमा भन्न सक्छौं कि चलचित्रलाई पनि आम दर्शकले मनपराउनु हुनेछ’- निर्माता वाग्लेले भने । चलचित्र रेशम फिलीली साउथ इण्डियन चलचित्र जस्तो भएको र अहिले सम्मकै कमेडी जनरामा उत्कृष्ट बनेको निर्माता वाग्ले जानकारी दिए । वाग्लेले प्रिमियरबाट उठेको रकम फाउण्डेसनमार्फत बालबालिकालाई शैक्षिक सहयोग गर्ने घोषणा गरे । त्यस्तै निर्देशक प्रणव जोशीले चलचित्र रेशम फिलीलीले दर्शकलाई २ घण्टासम्म मनोरञ्जनात्कम तरिकाले पुर्ण रुपमा बाध्ने दाबी गरे । चलचित्रलाई हामीले जस्तो बनाउन खोजेका छौं त्यस्तैं बनेको छ । कार्यक्रममा अभिनेता बिनय श्रेष्ठ,अभिनेत्री मेनुका प्रधान,अभिनेता कर्मा लगायतले पनि चलचित्र राम्रो बनेको बताएका थिए । विनय श्रेष्ठको भी मोसन पिक्चर्सको व्यानरमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ यसअघि बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । प्रणव जोशी निर्देशित फिल्ममा विनय, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको अभिनय छ । विनयले यसअघि ‘भिजागर्ल’ चलचित्र निर्माण गरेका थिए ।

%d bloggers like this: