भ्यालेनटाइनकै मुखमा प्रियंकाले भनिन्, ‘सिंगल छु’ (अन्र्तवार्ता)

अभिनेत्री प्रियंका कार्कीले प्रेमको ग्रिन सिंग्नल’ दिएकी छन् । ‘भ्यालेनटाइन डे’ अर्थात् प्रेम दिवसको अवसरमा कुरा गर्दै प्रिय्रकाले भनिन्, ‘म सिंगल छु ।’ आफू अभिनीत चलचित्र ‘झोले’ को प्रमोसनमा रहेकी प्रियंकाले मन कुरा गुम्साएर राखेका युवायुवतीलाई ‘भ्यालेनटाइन’ को अवसरमा मनको गाँठो खोलेर प्रस्ताव राख्नसमेत सुझाइन् । आफू काममै व्यस्त भएकाले भ्यालेनटाइन डे स्पेशल सेलिब्रेसन गर्ने फुर्सद नभएको बताउँदै प्रियंंकाले भनिन्, ‘संसारले प्रेम दिवसका रुपमा स्वीकारेको भ्याालेनटाइनका अवसरमा आफूलाई मन परेको कोही छ भने साहस गरेर प्रस्ताव राख्नुस् ।’ see more

Read More

विनिताले विवाह गरेर तरकारी खेतीमा लागेको खुलासा

काठमाडौं, फागुन १ ।अभिनेत्री विनिता बरालले फिल्म लाइन छोड्नुकोरहस्य खुलेको छ । पछिल्लो समय तरकार खेतीमा सक्रिय उनले पछिल्लो फिल्म ‘सुपरहिट’का निर्देशक निरञ्जन पाण्डेसँग विवाह गरिसकैकोखुलेको छ । फिल्म ‘सुपरहिट’को छायांकन का क्रममा बाक्लिएको हिमचिमलाई विवाहमा परिणत गरैको भ्यालेन्टाइन्स डेको अघिल्लो दिन खुलेको हो । विनिता र निरञ्जन यतिबेला बानियाँटारमा बस्दै आएका छन् । विनितालाई…

Read More

१० चलचित्रकर्मीको साझा ‘पपकर्न पिक्चर्स’

नेपाली सिने नगरीमा व्यवसायिक रुपमा सफल सिनेमा निर्माण गर्दै आएका १० सिनेकर्मी अब बितरणतर्फ लागेका छन् । उनीहरु बिषयवस्तु र चलचित्रको मेकिङका कारण सिने नगरीमा शक्तिशाली देखिएका हुन् । स्तरिय सिनेमालाई हलसम्म व्यवस्थित तरिकाले वितरण गर्दै निर्माताहरुको हितमा काम गर्ने सोचा छ, ‘पपकर्न पिक्चर्स प्राली’ का सदस्यहरुको । reed more

Read More

भ्यालेन्टाइन्स डेको अघिल्लो दिन ‘छाडि गयौ’

काठमाडौं, १ फागुन । विजय रुम्बा लामा र विनुप सुनुवारको संयुक्त प्रस्तुति गीतिसंग्रह छाडि गयौको आज राजधानीमा एक कार्यक्रमका बीच लोकर्पण गरियो । वरिष्ठ संगीतकार राजु सिंहको हातबाट उक्त गीतिसंग्रह छाडि गयौको विमोचन गरिएको हो ।

Read More

स्ववियु सभापतिले दिए नम्रतालाई गुलाब ! ( तस्बिरहरु सहित)

नम्रता श्रेष्ठ धेरैले चिनेकै नाम हो । नेपाली फिल्म क्षेत्रमा सक्रिय यी सुन्दरीलाई चिनाइरहनु पर्देन । तर, यीनका तुलनामा तस्बिरमा सँगै देखिएका ह्यान्डसम युवालाई चिन्ने कमै होलान् । यी युवा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विनय भट्ट हुन् । विद्यार्थी राजनीतिमा सक्रिय विनयले भ्यलोन्टाइन्स डे को पूर्वसन्ध्यामा यी सुन्दरीलाई गुलाब दिएका हुन् । कसरी मिल्यो त यो केमेष्ट्री ?

Read More

World Premiere: आवरणमा प्रियंका एकैछिन रमाउन खोज्दै(भिडियोसहित)

फिल्म ‘आवरण’को गीत (फर्स्ट लुक) रिलिज गरिएको छ । मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म ‘आवरण’को सार्वजनिक गीतमा नायिका प्रियंका कार्की एकछिन रमाउन चाहेको भाव व्यक्त छ । फिल्ममा उनी भड्किएको आत्माको रूपमा अभिनय गरेकी छिन् ।

Read More

द्वन्द्वकालका विषयमा साहित्यिक सिर्जना गर्न माधव नेपालको सुझाव

काठमाडौं, २९ माघ । युवा पत्रकार तथा साहित्यकार रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्पोनी’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कृतिको विमोचन गरेका थिए । पुस्तक विमोचनपछि नेता नेपालले जनयुद्धका घटनालाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने बताए …

Read More

प्रेमध्वजलाई लाइफटाइम सम्मान

स्टार एफएमद्वारा पहिलोपटक आयोजित ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड–२०७०’ मा बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
बुधबार राजधानीमा सम्पन्न समारोहमा उत्कृष्ट सुगम गायिकाको अवार्ड रजिना रिमालले पाइन् । उनले ‘पानीको फोका’ मार्फत अवार्ड पाएकी हुन् । यसै गीतमार्फत उत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले पाए भने सुगम संगीततर्फ पानीको फोकाबाटै किरण कँडेल उत्कृष्ट भए । ‘फुलजस्तो फुलिरहँु’ गीतबाट रामकृष्ण ढकार्ल सुगम गीततर्फ उत्कृष्ट गायक ठहरिए ।

Read More

मिस नेपालको गाडी र फ्ल्याट आयोजकका नाममा

मिस नेपालको १९ औँ संस्करण आउँदो मे ३ ताखिमा हुने भएको छ । प्रतियोगीतामा मिस नेपालको उपाधि जित्नेलाई प्रायोजन गरिएको गाडी र फ्ल्याट भने आयोजक हिडेन ट्रेजरले आफ्नै नाममा रहने बताएको छ । हुन्डाइ कम्पनीले सह–प्रायोजक भएर दिने हुन्डाइ–लक्ष्मी कार र साँग्रिला हाउजिङ प्रा.लिले दिने अर्पाटमेन्ट आयोजककै नाममा रहने पत्रकार सम्मेलनमा बताइएको हो । कुनै कार्यक्रममा सहभागी हुँदा मात्रै कारको चलनभोग गर्न पाउने पनि आयोजकले स्पष्ट पारेको छ । सन् २०१० मा मिस नेपाल बनेकी सदीक्षा श्रेष्ठलाई भने भएपनि कार उपहार दिइएको थियो ।

Read More

‘जय हो’ अभिनेत्री डेजीमाथि ‘हत्या षड्यन्त्र’ मुद्दा (निवेदनसहित)

‘दबंग’ स्टार सलमान खानको पछिल्लो फिल्म ‘जय हो’ की अभिनेत्री डेजी शाहमाथि गम्भीर मुद्दा लागेको छ । डेजीविरुद्ध उत्तर प्रदेशका एक व्यक्तिले आफूमाथि हत्या षड्यन्त्र गरेको भन्दै मुद्दा दायर गरेका छन् । डेजीलाई उत्तर प्रदेशस्थित कन्नौजका सत्येन्द्र सिंह नामका व्यक्तिले त्यहाँको स्थानीय प्रहरी थानामा मुद्दा दायर गरेका हुन् । यस मामिलामा डेजीलगायत डेढ दर्जन बढीलाई मुछिएको छ ।

Read More