Thu. Mar 28th, 2024

अभिनेत्री प्रियंका कार्कीले प्रेमको ग्रिन सिंग्नल’ दिएकी छन् । ‘भ्यालेनटाइन डे’ अर्थात् प्रेम दिवसको अवसरमा कुरा गर्दै प्रिय्रकाले भनिन्, ‘म सिंगल छु ।’ आफू अभिनीत चलचित्र ‘झोले’ को प्रमोसनमा रहेकी प्रियंकाले मन कुरा गुम्साएर राखेका युवायुवतीलाई ‘भ्यालेनटाइन’ को अवसरमा मनको गाँठो खोलेर प्रस्ताव राख्नसमेत सुझाइन् । आफू काममै व्यस्त भएकाले भ्यालेनटाइन डे स्पेशल सेलिब्रेसन गर्ने फुर्सद नभएको बताउँदै प्रियंंकाले भनिन्, ‘संसारले प्रेम दिवसका रुपमा स्वीकारेको भ्याालेनटाइनका अवसरमा आफूलाई मन परेको कोही छ भने साहस गरेर प्रस्ताव राख्नुस् ।’

भ्यालेनटाइन डेलाई कसरी लिनुहुन्छ ?
भ्यालेनटाइन डेलाई संसारले स्वीकारिसकेको छ प्रेम दिवसका रुपमा । त्यसैले कपल हुनेहरुले भ्यालेनटाइन स्पशेल योजना बनाउनु राम्रो हो तर मेरा लागि भ्यालेनटाइन डे भनेको अरु दिनजस्तै हो, आउँछ, जान्छ । मेरा लागि जहिले पनि भ्यालेनटाइन डे ।
त्यसोभए तपाईं भ्यालेनटाइन डे योजना केही छैन होइन त ?
म चलचित्र ‘माला’ को सुटिङमै व्यस्त हुन्छु ।  गतवर्ष पनि सुटिङमै व्यस्त थिएँ । त्यसभन्दा अघि अमेरिकामा थिएँ ।
भ्यालेनटाइन कपलका लागि मात्र नभई सिंगललाई पनि हो नि ?
म सिंगल नै छु तर मैले अहिलेसम्म योजना बनाएर भ्यालेनटाइन डे मनाएको छैन । जतिखेर काठमाडौंमा कलेज पढ्दै थिएँ, त्यतिखरे नेपालमा भ्यालेनटाइन डेको संस्कार भित्रिसकेको थिएन । यो पश्चिमा संस्कार हो । पाँच वर्ष अमेरिका बसेर आउँदा यहाँ पनि भ्यालेनटाइन डेको संस्कारले छोपिसकेको रहेछ । तर अमेरिकाबाट आएको दुईवर्ष भयो, त्यसयता व्यस्तताले गर्दा भ्यालेनटाइन डे मनाएको छैन । लाग्छ, भ्यालेनटाइन मेरो लागि होइन ।
सिंगल हुनुहुन्छ, कसैले प्रेम प्रस्ताव राख्यो भने नि ?
रिलेसन राख्नका लागि केही सोचेकै छैन । त्यसैले प्रस्ताव मबाट अस्वीकार हुन्छ यदि साथीका लागि भने सोच्न सक्छु ।
क्रिसमस, अंग्रेजी नयाँ वर्ष, भ्यालेनटाइनजस्ता पश्चिमा संस्कारलाई नेपालीले अबलम्बन गर्न उचित हो कि होइन ?
मलाई त उचित लाग्छ, किनकि, संसार ग्लोबल भइसकेको अवस्था छ । यस्तो अवस्थामा हामीले संसारका कला, संस्कृति तथा संस्कारलाई अँगाल्नु सामान्य हो ।
लामो समय अमेरिका बसेर फर्किनुभएको हो, फेरि जाने सोच छ कि छैन ?
जान्छु, तर होलिडे मनाउनका लागि । मेरो भाइ उतै बस्छन् । त्यसैले जान्छु तर तत्काल जाने सोच छैन ।
‘झोले’ बाट कतिको अपेक्षित हुनुहुन्छ ?
आफूले काम गरेको हरेक चलचित्रबाट अपेक्षित हुन सामान्य हो । झोलेबाट अपेक्षित छु । यो चलचित्र कमेडी वेशको हो । झोलेलाई पैसा असुल्ने चलचित्रभन्दा हुन्छ किनकि, दर्शकले पैसा तिरेको खेर जाँदैन । अरु केही नपाए पनि फूल इन्टरटेनमेन्ट पाउने छन् ।

%d bloggers like this: