Fri. Apr 19th, 2024

फिल्म ‘आवरण’को गीत (फर्स्ट लुक) रिलिज गरिएको छ । मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म ‘आवरण’को सार्वजनिक गीतमा नायिका प्रियंका कार्की एकछिन रमाउन चाहेको भाव व्यक्त छ । फिल्ममा उनी भड्किएको आत्माको रूपमा अभिनय गरेकी छिन् ।
फिल्मलाई ‘अपवाद’ निर्देशक सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंकाको साथमा निर्देशक नरेश पौड्याल, सिमोन जंग मल्ल,दिव्य देव, सुशिलराज पाण्डे, रवि गिरी, रश्मी भट्ट, एमएस अग्रज, सुनिता ठाकुर, सिमोनजंग पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय छ । फिल्ममा अनिल योञ्जन, लक्ष्मी लामा, सविता राई, पवित्रा योञ्जन, रोजन श्रेष्ठको संयुत्त लगानी छ । फिल्मलाई सुसन प्रजापति र हरी हुमागाइँले खिचेका हुन् । फिल्ममा बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत छ । अनिल योञ्जनले लेखेको यो फिल्म जेठ २ गतेबाट अल नेपाल प्रदर्शन हुनेछ ।

%d bloggers like this: