Thu. Mar 28th, 2024

काठमाडौं, १ फागुन । नेपाली सिने नगरीमा व्यवसायिक रुपमा सफल सिनेमा निर्माण गर्दै आएका १० सिनेकर्मी अब बितरणतर्फ लागेका छन् । उनीहरु बिषयवस्तु र चलचित्रको मेकिङका कारण सिने नगरीमा शक्तिशाली देखिएका हुन् । स्तरिय सिनेमालाई हलसम्म व्यवस्थित तरिकाले वितरण गर्दै निर्माताहरुको हितमा काम गर्ने सोचा छ, ‘पपकर्न पिक्चर्स प्राली’ का सदस्यहरुको ।

काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले वितरण कम्पनी खोलेको जानकारी दिए । पपकर्न प्रालीमा निर्माताहरु टेकेन खड्का, माधव वाग्ले, अर्जुन कुमार र रविन्द्र सिंह बाँनिया छन् । यस्तै, निर्देशक प्रचण्डमान श्रेष्ठ, निश्चल बस्नेत, दिपेन्द्र के खनाल, आशिफ शाह, मनोज पण्डित रहेका छन् । १० जनाको टिममा अश्लेष इन्टरटेन्मेन्टका प्रोपाइटर विश्व गौचन पनि छन् ।

यो कम्पनीले विभिन्न साझा सोचहरुलाई अगाडि बढाउँदै सिनेमाको वितरण गर्ने जनाएको छ । जसमध्ये चलचित्रको चरित्र अनुसारको बजार निर्धारण गरी त्यसको बजारिकरण योजना तय तथा कार्य गर्ने, चलचित्रको जेनरलाई आधार बनाएर दर्शकलाई सही सूचना सम्प्रेषण गरी चलचित्र प्रति उत्सकुता श्रृजना गर्ने, चलचित्रको प्रदर्शन प्राविधिक रुपमै गुणस्तरीय गर्ने, चलचित्रको व्यवसायिक उपलब्धीको बारेमा निर्मातालाई सूचना प्रभावकारी ढंगले उपलब्ध गराउनु लगायतका छन् । यो कम्पनीले तत्काल पहिलो ‘झोले’, त्यसपछी ‘फिटकिरी’, ‘मिसन पैसा रिलोडेड’, ‘कबड्डी’, ‘टलक जंग भर्सेस टुल्के’लाई वितरण गर्ने जनाएको छ । सिनेमा वितरणमा देखिएका कमी कमजोरीलाई सच्याउँदै व्यवस्थित प्रणालीको विकास गराउनु आफूहरुको उद्देश्य रहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

हल तथा अन्य वितरकहरुसँग सहकार्य गर्दै सिनेमाको वितरण गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइयो । पपर्कन फिल्मस् प्रालीले १ बर्षभित्र सिने नगरीमा केही परिवर्तित काम गर्ने दाबी गरेको छ । जसमा हाल सामान्यतय ५० लाखमा फिल्म बन्दै आएकोमा आफुहरुको टिम बाट एक करोड हालेर फिल्म बनाउने र ५० लाख को पब्लिसिटी गर्ने क्षमता राख्ने पनि जनाकारी जनाएको छ ।

%d bloggers like this: