Thu. Apr 25th, 2024

मुम्बई, २८ माघ (एजेन्सी) । ‘दबंग’ स्टार सलमान खानको पछिल्लो फिल्म ‘जय हो’ की अभिनेत्री डेजी शाहमाथि गम्भीर मुद्दा लागेको छ । डेजीविरुद्ध उत्तर प्रदेशका एक व्यक्तिले आफूमाथि हत्या षड्यन्त्र गरेको भन्दै मुद्दा दायर गरेका छन् ।
डेजीलाई उत्तर प्रदेशस्थित कन्नौजका सत्येन्द्र सिंह नामका व्यक्तिले त्यहाँको स्थानीय प्रहरी थानामा मुद्दा दायर गरेका हुन् । यस मामिलामा डेजीलगायत डेढ दर्जन बढीलाई मुछिएको छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सत्येन्द्र सिंह एक अभिनेता हुन् । उनी राजनीतिमा पनि उस्तैगरी सक्रिय छन् । उनले फिल्मसमेत निर्माण गर्दै आएका छन् । यिनै कलाकार तथा राजनीतिज्ञले पुरानो केस व्युँताएर डेजीविरुद्ध हत्या ष्यन्त्रको मुद्धा चलाएको समाचारमा जनाइएको छ ।
सन् २०१३ को दिसेम्बरमा भएको एक कार दुर्घटनामा सत्येन्द्र गम्भीर घाइते भएका थिए । त्यतिखेर उनले दुर्घटना सन्दर्भमा एफआईआरसमेत गरेका थिए तर सर्तमा उनी सहमतीमा आएका थिए । अहिले तिनै सत्येन्द्रले सिंहले पुरानो प्रमाणलाई लिएर  डेजीमाथि मुद्दा हालेको जनाइएको छ । सत्येन्द्रले प्रहरी थानामा लेखेको निवेदनमा अभिनेत्री डेजी र कोरियोग्राफर गणेश आचार्यलगायत २१ जनाको नाम उल्लेख छ । सत्येन्द्रले आफ्नो निवेदनमा ‘त्यतिखेर डिसेम्बरमा भएको कार दुर्घटना, दुर्घटनामा नभएर मान्छे मार्ने किसिमले गराइएको थियो ।’
सत्यन्द्रले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘फिल्म ‘सोडा’ समयमा सो दुर्घटनामा भएको हो । फिल्ममा म मुख्य हिरो र हिरोइन डेजी शाह थिइन् । यस फिल्मको निर्माण राजेन्द्र सिंह यादवले गरेका थिए । र, निर्देशन पनि उनैले गरेका हुन् ।’ उनका अनुसार फिल्ममा डेजी शाह स्टार हिरो लिन चाहन्थिन् । डेजीले ठूलो कुरा गर्न थालेपछि उनलाई फिल्मबाट निकालिएको थियो । उनको स्थानमा फिल्म  ‘१९२०’ का हिरो रजनीश दुग्गललाई लिइएको थियो । सत्येन्द्रले उक्त फिल्म रिलिजको दौरानमा  आफूमाथि एक्कासी आक्रमण भएको जनाउँदै त्यतिखेर हत्याको ष्ड्यन्त्र भएको बताएका छन् । उक्त मामिलामा डेजी शाहको पनि हात रहेको उनको दावी छ । तर, अहिलेसम्म डेजीलगायत मुद्दा लागेका कुनै व्यक्ति केही बताएका छैनन् ।

सत्येन्द्र यादवले उत्तर प्रदेशको कन्नौज प्रहरी थानामा दायर गरेको निवेदन ।

dezi2

%d bloggers like this: