Sat. Apr 20th, 2024

नम्रता श्रेष्ठ धेरैले चिनेकै नाम हो । नेपाली फिल्म क्षेत्रमा सक्रिय यी सुन्दरीलाई चिनाइरहनु पर्देन । तर, यीनका तुलनामा तस्बिरमा सँगै देखिएका ह्यान्डसम युवालाई चिन्ने कमै होलान् । यी युवा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विनय भट्ट हुन् । विद्यार्थी राजनीतिमा सक्रिय विनयले भ्यलोन्टाइन्स डे को पूर्वसन्ध्यामा यी सुन्दरीलाई गुलाब दिएका हुन् । कसरी मिल्यो त यो केमेष्ट्री ? यसको एउटै रहस्य हो, विनय पनि फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । ‘होस्टेल’ जस्तो चर्चित फिल्मको निर्देशन गरेका हेमराज विसीले निर्देशन गर्ने राजनीति र प्रेमको संगम रहेको विषयकै फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्मका निर्माता भने विद्यार्थी राजनीतिमै सक्रिय सरोज न्यौपाने हुन् ।
तस्बिरहरुः शिवलाल श्रेष्ठ

IMG_0025 copy IMG_0020 copy IMG_0013 copy IMG_0047 copy IMG_0061 copy IMG_9999 copy

%d bloggers like this: