गोर्खा जनमुक्ती मोर्चाले गर्यो निर्देशक सुब्बालाई सम्मान
नेपाली सिनेनगरिमा सफल चलचित्र दिइसकेका चर्चित निर्देशक सुरज सुब्बा ‘नाल्बो’लाई दार्जलिङमा सम्मान गरिएको छ । गोर्खा जनमुक्ती मोर्चाले आफ्नो आठौ स्थापना दिवसको अवसरमा नेपाली चलचित्रमा उल्लेखनिय योगदान पुराएको भन्दै निर्देशक सुब्बालाई सम्मान गरेको हो । सुब्बालाई १ लाख नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उनीसँगै स्थानिय विभिन्न कलाकर्मीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो…