Thu. Apr 25th, 2024

पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘तथास्तु’ को पहिलो र्शीष गीत रिलिज भएको छ । ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ नामक गीत युटुब मार्फत रिलिज गरिएको छ । गीतमा नायिका रेखा थापा र नायक किशोर खतिवडाको निकै रोमाञ्चक नृत्य देख्न सकिन्छ ।

tathastuराजेन्द्र थापाको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सेना र मिलन अमात्यको स्वर रहेको छ । चलचित्रमा नायिका रेखा थापाका अलवा किशोर खतिवडा, सुवास थापा र नव अनुहार विज्ञान जोशी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सबीर श्रेष्ठले निर्देशन गरेका छन् भने चलचित्रमा बाबु श्रेष्ठको छायांकन, जगदिश्वर थापाको कथा, वसन्त सापकोटाको संगीत छ । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=naO1mZgVhGQ#t=20

%d bloggers like this: