Wed. Apr 24th, 2024

तिन दिने नेपाल भम्रणमा रहेका बलिउड स्टार अमिर खानले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफु नेपाली फिल्म खेल्न तयार रहेको बताएका छन् । अमिरले भनेका छन् यदि मेरो मन चलचित्रको कथा वस्तुले छुन्छ भने आफु नेपाली चलचित्र खेल्न तयार रहेको बताए । नेपाली फिल्म खेल्नका लागी भाषाको निकै राम्रो ज्ञान हुनु पर्ने भएकाले चलचित्रको कथा वस्तु राम्रो भए नेपाली भाषा पनि सिक्न तयार रहेको अमिरले उक्त कार्यक्रममा बताएका छन् । कार्यक्रममा बोल्दै बलिउडस्टार अमिर खानले नेपाल जस्तो सुन्दर देशमा अर्को पटक आउदाँ आफ्नो श्रीमतीलाई पनि साथमा लिएर आउने बताएका छन् ।
10696367_458768297594236_3101843648409830125_nदक्षिण एसियाका लागि युनिसेफका सद्‍भावना दूत बन्ने सम्झौतामा हस्ताक्षर गर्दै अमिर खानले आमाको प्रेरणाका कारण नै आफु यस स्थानमा रहेको बताए । आमाको माया जस्तो संसार अरु कुनै पनि चिज नभएको उल्लेख गर्दे अमिरले आज पनि मेरो आमाले आफुलाई प्रेरणा दिने गरेको बताए । नेपाल जस्तो देशमा आफु आउन पाउनु निकै सौभाग्य अनुभुती मिलेको बताउदै अमिरले नेपाललाई प्रकृतिको निकै ठुलो साथ मिलेको पनि उल्लेख गरे । अमिर आज बेलुका नै भारत जाने कार्यक्रम रहेको छ । नेपालमा रहदाँ उनले कपिलवस्तुमा रहेको मायादेवी मन्दिर र कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना भएको पोषणसम्बन्धी कार्यक्रममा समेत उनी सहभागी भएका थिए ।

%d bloggers like this: