Fri. Apr 19th, 2024

तिन दिने नेपाल भम्रणमा रहेका बलिउडस्टार अमिर खानलाई नेपालका प्रधानमन्त्री शुशिल कोइरालाले कुनै दिन समय मिलाएर पर्यटकिय स्थल पोखरा घुम्न आउन निम्तो दिएका छन् । यूनिसेफका सद्भावना दूत खानलाई प्रधानमन्त्रीले नेपालका पर्यटकीय क्षेत्र भ्रमणको निम्तो दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री सगँ भेट गर्न पुगेका अभिनेता अमिर खान सगँको भेटमा प्रधानमन्त्रीले उक्त निम्तो दिएका हुन् ।

27khan-pic-popupनेपालका प्रधानमन्त्री शुशिल कोइराला सगँको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले दक्षिण एशियाको आर्थिक सामाजिक विकासका पछाडि परेपनि बालबालिका अवस्था विगतको तुलनामा सुधार आएको बताए। खानले नेपाल र भारत दुवै देशका बालबालिकामा कुपोषण समस्याको रुपमा रहेको बताए। बलिउडका चर्चित अभिनेता अमिर खान दक्षिण एशियामा बालबालिकाको पोषण प्रबर्धनका लागि यूनिसेफ सद्भावना दूत छन्। प्रधानमन्त्रीसंग यूनिसेफका सद्भावना राजदूत आमिर खानको भेटका अवसरमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मृदुला कोइराला यूनिसेफका नेपालका लागि राष्ट्रिय प्रतिनिधि तोमू होजुमी, यूनिसेफको दक्षिण एशियाकी क्षेत्रीय निर्देशक करिन हल्सोफ, राष्ट्रिय योजना आयोगका सदस्य डा.यज्ञबहादुर कार्की लगायतको उपस्थिति थियो ।

%d bloggers like this: