Thu. Apr 25th, 2024

jacqueline-fernandez-new-style-wallpaper-for-desktopबलिउडमा एउटा उखान नै छ ‘जो सलमान खान सगँ फिल्म खेल्छ त्यसको भविष्य ज्योतिमय हुन्छ ।’ हो त्यस्तै भएको छ बलिउड अभिनेत्री जैकलीन फर्नांडिसको पनि । बलिउडस्टार सलमान खान सगँ चलचित्र किकमा मुख्य भुमिकामा अभिनय गरेपछि जैकलीनको व्यस्तता अझै बढ्दै गएको छ । चलचित्र किकले ३०० करोड पार गरे सगैं जैकलीनलाई चलचित्रको अफरको बाहार नै आइरहेको छ । किकमा अभिनय गर्नु भन्दा अगाडी जैकलीनको हातमा चलचित्र ‘राय’ मात्र थियो जब चलचित्र किकमा जैकलीनले अभिनय गरिन तब उनलाई चलचित्रमा साइन गराउनेको घुइचो नै लागेको छ । त्यसैले होला अर्को बर्ष मात्र जैकलीनको ४ वटा फिल्म रिलिज हुनेभएका छन् । त्यस मध्य ‘राय’ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । त्यसै गरि अर्को चलचित्र ‘बैंगिस्तान’ मा पनि जैकलीन रितेश देशमुख र पुलकित सम्राटको साथमा काम गरिसकेकी छिन् भने यस महिनामा नै करण मल्होत्रा को चलचित्र ‘ब्रदर्स’ को सुटिंग सुरु हुने बताइएको छ । त्यसै जैकलीनले ‘हाउसफुल ३’ चलचित्रमा पनि साइन गरिसकेकी छिन् जसमा जैकलीन अभिषेक बच्चन, अक्षय कुमार र रितेश देशमुखको साथमा काम गर्ने छिन् ।

%d bloggers like this: