Thu. Apr 25th, 2024

jeevan lautelपछिल्लो समय निकै व्यस्त नायक जीवन लुईटेल एक पछि अर्को गर्दे विभिन्न चलचित्रमा काम गरिरहेका छन् । तर जति धेरै चलचित्रमा जीवनले अभिनय गरेपनि उनले अभिनय गरेकोे केहि चलचित्र मात्र अहिले सफल भएका छन् । पछिल्लो समयमा प्रर्दशन भएका चलचित्र शीशा,ठुली जस्ता चलचित्रले राम्रो व्यापार नगरे पछि उनी केहि चलचित्रमा सुस्ताइएको पनि पाइएको छ । तर केहि चलचित्र अझैपनि उनका प्रदर्शनको तयारीमा पनि छन् । अब कुरा गरौ चलचित्र नाईँ नभन्नू ल देखी,उनले अभिनय गरेको चलचित्र नाईँ नभन्नू ल ले उत्कृष्ट व्यापार गरेपछि निकै चर्चामा रहेका जीवन लुईटेल फेरी चलचित्र नाईँ नभन्नू ल २ मा पनि देखिए,उक्त चलचित्रले ५१ दिन मनाउन सफल भएपछि उनको माग र चर्चा फेरी चुलियो,अब फेरी चलचित्र नाईँ नभन्नू ल ३ मा पनि उन नै कलाकारको रुपमा देखिने पक्का भएता पनि अन्तत आफु साइड रोलमा खेल्नु पर्ने भएकाले चलचित्र नाई नभन्नु ल ३ मा आफु नखेल्ने बताए पछि उनको ठाँउमा नायक आर्यन सिग्देल देखिएका छन् ।

jeevanयसरी साइड रोलमा आफ्नो भुमिका रहने भएपछि चलचित्र नाई नभन्नु ल ३ मा अभिनय नगरेका जीवनले कतै भुल त गरेनन् ? त्यो भने भोलीको दिनले देखाउला !  हिजो देखी छायंकन सुरु भएको चलचित्र नाईँ नभन्नू ल ३ मा नाईँ नभन्नू ल २ मा मुख्य भुमिकामा देखिएका बाल कलाकार अनुभब रेग्मी चलचित्र नाईँ नभन्नू ल ३ मा पनि मुख्य भुमिकामा देखिएका छन् ।अनुभबका अलवा चलचित्रमा सुरजसिंह ठकुरी, प्रियंका कार्की, संचिता लुइटेल, गरिमा पन्त,संयम पुरी र आस्मा डीसी लगायतका कलाकारहरुको अभिनय चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन छ । नाई नभन्नु ल २ मा सहायक निर्देशकको जिम्मा पाएका मुस्कान ढकाललले चलचित्र नाई नभन्नु ३ लाई निर्देशन गर्ने छन् ।

%d bloggers like this: