Thu. Mar 28th, 2024

भनिन्छ गोर्वद्धन पुजाको दिन जे कार्य गरिन्छ त्यो काम सफलतापुर्वक सम्पन्न हुन्छ र सुख शान्ति पनि छाउछ । गोर्वद्धन पुजाका दिन हरेकको घर घरमा गाई गोरुहरुको पुजा भइरहेको बेला चलचित्र हलहरुमा भने चलचित्र लज्जा प्रदर्शन हुने भएको छ । कात्तिक ७ गते गोर्वद्धन पुजाको दिन शुक्रबार रिलिज हुन लागेको चलचित्र लज्जा शुभ दिनमा नै प्रदर्शन हुने भएको हो । गोर्वद्धन पुजाको दिन कुनै पनि काम गर्नु राम्रो मानिन्छ ।

lazza 4छविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लज्जामा आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, हिउँवाला गौतम, कमलमणी नेपाल, कृष्ण गीरी, निराजन लुईटेल, सरोज बख्रेल, सागर लम्साल, लगायतको अभिनय रहेको छ । नवल नेपालले निर्देशन गरेको चलचित्र लज्जालाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा दिजेन्द्र शाक्यले पनि लगानी गरेका छन् । चेतन सापकोटाको संगीत ,कविराज गहतराजको नुत्य ,मदन कस्यप घिमिरेको छायांकन ,चन्द पन्तको एक्शन तथा अनन्त थपलियाको सम्पादन रहेको छ । एक यूवतीले घरदेखि कार्यलयसम्म सहनु पर्ने पीडालाई चलचित्र लज्जाले देखाउन खोजेको छ ।

%d bloggers like this: