Thu. Mar 28th, 2024

बारबार अचम्ममा पर्ने कुरा सुन्दा प्राय सबैलाई अचम्म लाग्दो हो ८ बर्षे बालकले पनि काहि चलचित्र निर्देशन गर्छ भन्ने तर यो कुरा यर्थाथ हो । नायक गजित विष्टका ८ बर्षे छोरा सौगात विष्टले चलचित्र लब यू बाबा निर्देशन गरेका छन् । मंसिर २६ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लब यू बाबाको प्रमोशनका लागी ८ बर्षे बालक सौगात विष्ट पूर्वका विभिन्न स्थानमा प्रचार प्रसारमा हिडेका छन् । निर्माता संझना पोख्रेल, कलाकार गजित बिष्ट, बालकलाकार संंगम बिष्ट,सौगात विष्ट पूर्वका विभिन्न स्थानमा चलचित्रको प्रमोशन मा हिडेका छन् । पूर्वका धरान, दमक र विर्तामोडमा चलचित्र लब यू बाबाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ८ बर्षे बालक सौगातले भने-‘हाल चलचित्रको सम्पादन र पोस्ट प्रोडक्सनको काम भइरहेको छ मंसिर २६ गते देशभर प्रदर्शनको तयारीमा हामी रहेका छौं ।’

pic 3‘चलचित्र लब यू बाबा आफुले सोचेको भन्दा पनि राम्रो बनेको छ त्यसैले एक पटक चलचित्र हेर्दिन आग्रह गर्छु’-सौगातले भने ‘बाबु छोरीको कथामा आधारित चलचित्र बनेका कारण पनि एक चोटी जसरी भएपनि हल सम्म गई चलचित्र हेरिदिन आग्रह गदर्छु ।’ सोहि क्रममा सौगातले भने ‘फिल्म हेर्न आउनुस् भनेर हात भने जोड्दिन ।’ ‘एक बालकले कस्तो निर्देशन गरेको रैछ भनेर आँफै आउनु हुनेछ भन्ने विश्वास छ’- सौगातले भने । पारिवारिक कथावस्तुमा तयार पारिएको चलचित्र आमाको काखविहीन छोरीलाई आमाको अभाव हुन नदिन बुबाले खेलेको भूमिका र सङ्घर्षको कथा समेटिएको छ । चलचित्र लब यू बाबामा निश्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा, बसन्त भट्टलगायतको अभिनय रहेको छ । ४५ लाखमा निर्माण भएको चलचित्र लब यू बाबामा दिव्यराज सुवेदीको छायांकन,सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् । उपत्यका र उपत्यकाबाहिरका ५० भन्दा बढी हलमा एकसाथ चलचित्र प्रदर्शन गरेर विष्टको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्ने तयारी भइरहेको जानकारी पत्रकार सम्मेलनमा चलचित्रका नायक तथा चलचित्रका ८ बर्षे निर्देशक सौगात विष्टका बाबु गजित विष्टले बताए ।

%d bloggers like this: