World Premiere: आवरणमा प्रियंका एकैछिन रमाउन खोज्दै(भिडियोसहित)

फिल्म ‘आवरण’को गीत (फर्स्ट लुक) रिलिज गरिएको छ । मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म ‘आवरण’को सार्वजनिक गीतमा नायिका प्रियंका कार्की एकछिन रमाउन चाहेको भाव व्यक्त छ । फिल्ममा उनी भड्किएको आत्माको रूपमा अभिनय गरेकी छिन् ।

Read More

द्वन्द्वकालका विषयमा साहित्यिक सिर्जना गर्न माधव नेपालको सुझाव

काठमाडौं, २९ माघ । युवा पत्रकार तथा साहित्यकार रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्पोनी’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कृतिको विमोचन गरेका थिए । पुस्तक विमोचनपछि नेता नेपालले जनयुद्धका घटनालाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने बताए …

Read More

प्रेमध्वजलाई लाइफटाइम सम्मान

स्टार एफएमद्वारा पहिलोपटक आयोजित ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड–२०७०’ मा बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
बुधबार राजधानीमा सम्पन्न समारोहमा उत्कृष्ट सुगम गायिकाको अवार्ड रजिना रिमालले पाइन् । उनले ‘पानीको फोका’ मार्फत अवार्ड पाएकी हुन् । यसै गीतमार्फत उत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले पाए भने सुगम संगीततर्फ पानीको फोकाबाटै किरण कँडेल उत्कृष्ट भए । ‘फुलजस्तो फुलिरहँु’ गीतबाट रामकृष्ण ढकार्ल सुगम गीततर्फ उत्कृष्ट गायक ठहरिए ।

Read More

मिस नेपालको गाडी र फ्ल्याट आयोजकका नाममा

मिस नेपालको १९ औँ संस्करण आउँदो मे ३ ताखिमा हुने भएको छ । प्रतियोगीतामा मिस नेपालको उपाधि जित्नेलाई प्रायोजन गरिएको गाडी र फ्ल्याट भने आयोजक हिडेन ट्रेजरले आफ्नै नाममा रहने बताएको छ । हुन्डाइ कम्पनीले सह–प्रायोजक भएर दिने हुन्डाइ–लक्ष्मी कार र साँग्रिला हाउजिङ प्रा.लिले दिने अर्पाटमेन्ट आयोजककै नाममा रहने पत्रकार सम्मेलनमा बताइएको हो । कुनै कार्यक्रममा सहभागी हुँदा मात्रै कारको चलनभोग गर्न पाउने पनि आयोजकले स्पष्ट पारेको छ । सन् २०१० मा मिस नेपाल बनेकी सदीक्षा श्रेष्ठलाई भने भएपनि कार उपहार दिइएको थियो ।

Read More

‘जय हो’ अभिनेत्री डेजीमाथि ‘हत्या षड्यन्त्र’ मुद्दा (निवेदनसहित)

‘दबंग’ स्टार सलमान खानको पछिल्लो फिल्म ‘जय हो’ की अभिनेत्री डेजी शाहमाथि गम्भीर मुद्दा लागेको छ । डेजीविरुद्ध उत्तर प्रदेशका एक व्यक्तिले आफूमाथि हत्या षड्यन्त्र गरेको भन्दै मुद्दा दायर गरेका छन् । डेजीलाई उत्तर प्रदेशस्थित कन्नौजका सत्येन्द्र सिंह नामका व्यक्तिले त्यहाँको स्थानीय प्रहरी थानामा मुद्दा दायर गरेका हुन् । यस मामिलामा डेजीलगायत डेढ दर्जन बढीलाई मुछिएको छ ।

Read More

ज्ञानु रेग्मीसँगै रुए पत्रकार र चलचित्रकर्मी

चलचित्र ‘मनले मनलाई छुन्छ’ ले दर्शकको मन छुन्छ वा छुदैन, त्यो रिलिजपछि थाहा हुनेछ तर चलचित्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सहभागीको भने मन छोएको छ । स्वः निर्देशक शिव रेग्मीद्वारा निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाइै छुन्छ’ को निर्माणपक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलन ग¥यो । जहाँ स्वः निर्देशक रेग्मीकी पत्नी ज्ञानु रेग्मीको आँखाबाट आँशु बग्न थालेपछि उपस्थित पत्रकार तथा चलचित्रकर्मी पनि भावुक बनेका थिए ।

Read More

चाल चाल्दै करण क्रेजी

दोलखा, २७ माघ । चलचित्र ‘चाल’ को ९० प्रतिशत छायांकन दोलखामा भएको छ । सोमबार चरिकोटमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । सुर श्रृंगार फिल्मसको व्यानरमा निर्माण भइरहेको ‘चाल’ लाई रुपेश उप्रेतीले निर्देशन गरिहेका छन् । उनका अनुसार चलचित्रको दोलखाका शैलुंगेश्वरीको भैसे, पवटी, तामाकोशी, चरिकोट खरिढुंगालगायतका स्थानमा छायांकन गरिएको छ । बबाँकी १०…

Read More

बंगाली बाला बन्दै आइटम गर्ल अर्चना

नेपाली फिल्म ‘ढुवानी’ मा उत्तेजक आइटम नम्बर गरेर चर्चामा आएकी अर्चना गेलाल अब बंगली फिल्ममा देखिने भएकी छन् । छोटो समयमै ‘आईटम गर्ल’ का रुपमा चिनिएकी अर्चनाले बंगली फिल्म ‘सादा कालो आकाशेर क्यानभासे’ अर्थात ‘मायाको परिचय’ मा मुख्य भूमिकामा अभिनेत्रीमा देखिने भएकी छन् ।

Read More

हलिउडमा काम गर्न चाहन्थे प्रधानमन्त्री कोइराला

भर्खरै निर्वाचित प्रधानमन्त्री शुसिल कोइराला अविवाहित कोइराला अविवाहित भएकाले उनलाई धेरैले ‘निरश’ ब्यक्ति ठान्छन् । तर, उनी रंगीन दुनियाँमा करियर बनाउन चाहन्थे । २०१६ सालअघि नै बनारसमा नृत्य र फोटोग्राफीसम्बन्धी प्रशिक्षण लिएका थिए । कोइराला कोरियोग्राफी सिक्न र हलिउडमा काम गर्न अमेरिका जाने अन्तिम तयारीमा रहेका बेला तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरेको थियो । त्यसपछि बदलिएको घटनाक्रमसँगै उनको राजनीतिक यात्रा सुरु भयो ।

Read More

पोखरामा पाँच वटा मल्टिप्लेक्स हल बन्ने

पोखरामा पाँच अन्तराष्ट्रियस्तरका मल्टिप्लेक्स हल निर्माण हुने भएको छ । निर्माण संस्थाहरुका अनुसार यी हलहरु पोखराका मध्यमवर्गिय दर्शकहरुलाई लक्षित गर्दै मल्टिप्लेक्स हल निर्माणमा हात बढाईएको हो ।

Read More