Thu. Apr 25th, 2024

काठमाडौं, २८ माघ । चलचित्र ‘मनले मनलाई छुन्छ’ ले दर्शकको मन छुन्छ वा छुदैन, त्यो रिलिजपछि थाहा हुनेछ तर चलचित्रबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सहभागीको भने मन छोएको छ । स्वः निर्देशक शिव रेग्मीद्वारा निर्देशित अन्तिम चलचित्र ‘मनले मनलाइै छुन्छ’ को निर्माणपक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलन ग¥यो । जहाँ स्वः निर्देशक रेग्मीकी पत्नी ज्ञानु रेग्मीको आँखाबाट आँशु बग्न थालेपछि उपस्थित पत्रकार तथा चलचित्रकर्मी पनि भावुक बनेका थिए ।
ज्ञानुले आफ्नो पतिको अन्तिम चलचित्रसँग अन्य चलचित्र नजुधाउँन समेत आग्रह गरिन् । स्वः पतिद्वारा जीवनको अन्तिम अवस्थामा निर्देशन गरेको चलचित्र भन्दै सुबैले माया गरेर हेरिदिन आग्रह गरिरहँदा ज्ञानुका आँखा रसाएका थिए । तर ‘मनले मनलाई छुन्छ’ सँग अन्य २ चलचित्र भिड्दै छन् ।
२८ चैतबाट विश्वभर एकसाथ रिलिज हुन लागेको यस चलचित्रलाई सुनिल सिटौला र अभिनेता विरेन श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्माता सुनिलले पनि अरु चलचित्र नजुधाँउन आग्रह गरिरहेको बताए । ‘सकेसम्म कसैलाई चलचित्र नजुधाउँन आग्रह गरेका छौं’ उनले भने, ‘हेरौ, त्यसमा सहमति हुन्छ वा हुँदैन ।’ चचलचित्रमा विरेन र गरिमा पन्तको मुख्य अभिनय छ ।

%d bloggers like this: