Fri. Apr 26th, 2024

दोलखा, २७ माघ । चलचित्र ‘चाल’ को ९० प्रतिशत छायांकन दोलखामा भएको छ । सोमबार चरिकोटमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।
सुर श्रृंगार फिल्मसको व्यानरमा निर्माण भइरहेको ‘चाल’ लाई रुपेश उप्रेतीले निर्देशन गरिहेका छन् । उनका अनुसार चलचित्रको दोलखाका शैलुंगेश्वरीको भैसे, पवटी, तामाकोशी, चरिकोट खरिढुंगालगायतका स्थानमा छायांकन गरिएको छ । बबाँकी १० प्रतिशत छायांकन भने काठमाडौंमै हुनेछ ।
राजु केसीको प्रस्तुती रहेको ‘चाल’ को निर्माण करण क्रेजी श्रेष्ठले गरेका हुन् । यसअघि ‘ओम’ र ‘जंजीर’ निर्माण गरेर टाट पल्टेका करणले ‘चाल’ बाट लगानी उठाउने चाल गरिरहेका छन् । चलचित्रमा दीपाशा बिसी, श्रीदेव भट्टराई, विक्रम थापा, प्रल्लाद खरेल, गोपाल बराइलीलगायतको  अभिनय रहने छ ।

%d bloggers like this: