नारीलाई ‘इडियट’ त बनाइँदै छैन ?
काठमाडौँमा तिहारअघि भएको नेपाल लिटरेचर फेस्टिभलमा भारतीय लेखिका शोभा डेलाई एक पाठकले सोधे, ‘हिन्दी टीभी सिरियलमा नारी पात्रलाई किन बढीभन्दा बढी सिंगारपटारसहित भव्य देखाइन्छ ?’ नारीवादी छवि बनाएकी शोभाको जवाफ सरल थियो– ‘किनभने त्यस्ता सिरियलका प्रायः दर्शक नारी हुन्छन् । यसमा आपत्ति जनाउनुपर्ने कारण छैन ।