Tue. Jun 28th, 2022
एमपी सुब्बा
पुस महिना । चिसोले कटक्क चिमोटेको काठमाडौं । एक शुक्रबार साँझ, सुन्धाराको एक कफी सप । मान्छे आफ्नो गन्तव्य पुग्न हतारिरहेका छन् । हस्याङ्फस्याङ् गर्दै दौडिरहेकी छिन् शशि पनि । सुरुमा नजरअन्दाज गर्नै सकिनँ । ‘ऊ पर हेर न, ती हतारिएर दौडिने केटी शशि जस्तै छ नि ?’ मित्र विकासलाई सोधेँ । ‘हो जस्तै छ यार, तर… उनी त गाउँमै छे नि होइन र ?’ विकासले प्रश्न तेस्र्याए । ‘होइन यार, तिनी शशि नै हुन्,’ मैले भनेँ । ‘तर…’ अक्मकिए मित्र । कुरा गर्दागर्दै शशि मान्छेको भीडमा ओझेल पर्नै लागिन् । ‘जाऊँ यार, एकपटक अगाडिबाटै हेरौँ, केही बित्दैन,’ विकासको स्वीरोक्ति आयो ।
हो रै’छ नि । उनी शशि नै थिइन् । त्यही शशि जो गाउँमा पढ्दै थिइन् । ‘एइ शशि, तिमी कहिले काठमाडौ आयौ हँ ?’ प्रश्न खस्न नपाउँदै उनी बोलिन्, ‘आजै आइपुगेको नि दाई तर तपाइँहरूले कसरी देख्नुभयो नि मलाई ?’ आश्चार्य प्रकट गरिन् । ‘एउटी युवती हतासमा दौडेकी देखेर हेरेको तिमीजस्तै लाग्यो, त्यै भएर नि । ‘तर तिमी त गाउँमै पढ्दैथियौं नि ? किन आयौं शहर ?’ सोधेँ । शशिले भनिन्, ‘कलाकार बन्न आएकी नि ।’ शशिको भनाइ सुनेर झनक्क रिस उठ्यो । तैपनि एकपटक उनका लागि हाँसिदिएँ । ‘ए… कलाकार बन्नै आ’को हो त ? (मनमनै सोचेँ कलाकार नै बन्ने भइस्) । ‘कलाकार रे, कस्तो कलाकार ? गायिका, हिरोइन वा मोडल । के बन्ने सोच छ नि ?’ सोधँे । ‘म त हिरोइन नै बन्छु’ शशिले भनिन् । ‘वाह, हिरोइन, ऐश्वर्या राय नै बन्ने हो कि के हो’ ठट्टा गर्दै भनेँे । ‘होइन, हिरोइन शशि, चलचित्रमा छमछमी नाच्ने हिरोइन शशि क्या ! ऐश्वर्या बन्नलाई हिन्दी बोल्न आउनुप¥यो नि तर मलाई आउँदैन,’ शशिले निर्दोषसँग उत्तर दिइन् । एक सासले आफ्नो कुरा सकिन् । ‘आहा, कति मिठो सपना शशिको’ सोचे ।
फेसबुकमा एकदिन शशिलाई एकजना केटाले च्याटमा भनेको रहेछ, ‘तिमी काठमाडौं आऊ । मेरो फिल्ममा हिरोइन बनाइदिन्छु ।’ ती केटाले थुप्रै आफूले सुनेका चलचित्रको नाम सुनाउँदै भनेको रहेछ, ‘ती फिल्म हेरेका छौ ? के मनप¥यो ? हो ती फिल्म मैले नै बनाएको हुँ ।’ बिचरा गाउँकी सोझी केटी । गाउँमा हालसालै खुलेको उच्चमाध्यमिक विद्यालयमा प्लस टु पढ्दै थिइन् उनी । फेसबुके साथीले च्याटमा कुरा गर्दागर्दै हिरोइन बन्ने अभिलाषा बोकेकी रै’छ उनले । फिल्म हेरिरहने शशिको सानैदेखि लागेको बानी । करिश्मा र रेखा बन्ने चाहना शशिलाई त्यतिखेरै पलाएको रहेछ, जतिखेर उनले फेसबुके साथीलाई अनलाइनमा भेटे । त्यो दिन सुन्धारामा उनी त्यही पुरुषलाई भेट्न हतारिएकी रहिछ । नामचाहिँ विश्वास रहेछ केटाको । उनैलाई भेटन् बागबजारको एउटा होटलतिर त्यो शुक्रबार शशि हतारमा दौडिरहेकी थिइन् । बल्ल भेउ खुल्यो ।
६ महिनापछि फेरि एक शुक्रबार । ‘ओ साहुजी कोठा खाली छ ?’ विकासले ठमेलको एक लजवाला साहुलाई सोध्यो । साहुले एकपटक हातको नाडी हे¥यो । सायद घडी हेरेको हुनुपर्छ तर उनले घडी लगाएकै थिएन । विकासले साहुको मर्म बुझेपछि भने, ‘भर्खरै ११ बज्दैछ’ । ‘खाली त छ तर दिउँसो एकजनाले बुकिङ गरेको थियो आइपुगेन । रातको पाहुना देवतासरह भन्छन्,’ साहुले चिप्ले धस्दै भने, ‘त्यो केटो आयो भने अर्कै रुम मिलाउँछु ।’ साहुबाट आज्ञा भयो । हामी कोठातिर लाग्यौँ ।
कोठा नं २२० । कोठामा सोनी ब्रान्डको २१ इन्चको पुरानो टेलिभिजन । फ्रिज र पुरानो तौलिया । ‘जुम्रा परेको छ कि के हो ?’ विकासले ठट्टा गरे । ‘कस्तो लाग्यो कोठा ?’ साहुले सोधे, ‘ठीकै छ’ मैले भनेँ, ‘राम्रो । मलाई त मन प¥यो । अनि रुम सर्भिस छ कि छैन साहुजी ? अफिसको कामले ज्यान थकित छ । तल झर्नै मन छैन ।’ साहु बेस्सरी हाँस्न थाले । साहुजी हाँसेको देखेर सोध्न मन लाग्यो, ‘किन हास्नु भा’को नि ?’ तपाइँहरू यहाँको नौलो जस्तो लाग्यो ।’ साहुको बोलीमा रहस्य थियो । ‘होइन, हामी पुरानै हो’ साहुले ठग्ने डरले मैले भनेँ । ‘त्यसो भए किन ? यो ठमेल हो भाइ । ज्यान दुखेको मालिस गरेर सञ्चो गर्न पाइन्छ,’ साहुजीले भने । ‘तर… हामीसँग धेरै पैसा छैन, श्रमजीवी हौँ’ मित्रले भने । साहुले चिन्ता नगर्न आग्रह गर्दै भने, ‘चिनेपछि सबै आफन्त हुन्छन् यो सहरमा । भाइहरूले चिन्ता लिनै पर्दैन ।’ हो, शुक्रबार थियो अर्थात गुड फ्राइडे । साहु फेरि बोले, ‘पैसा पुगेन भने भोलि दिउँसो मिलाउँदा पनि हुन्छ । तपाईंहरूलाई पहिले मेरो सर्भिस त हेर्नुस्, अनि कुरा गर्नूस ।’ ‘कस्तो सर्भिस हो,’ मनमा बोलेको कुरा बाहिरै ओकलेछु ।
‘होइन हौ, आज त मज्जा हुने भयो’ विकासलाई भनँे, ‘मलाई पनि त्यस्तै लाग्दैछ, जे पर्ला, त्यही टर्ला ।’ ढकढक, ढकढक, ढोकामा आवाज आयो । विकासले ढोका खोले । ढोका खोल्नेबित्तिकै म नर्भस भएँ । मेरो ज्यान पूरै गलेर आयो । ‘ओ तपाईंहरू यहाँ ? निर्दोष अनुहार लिएर शहर छिरेकी शशि बोलिन् । उनी हामीलाई सर्भ गर्न आएकी थिइन् । ६ महिनाअघि हिरोइन बन्ने मोहमा सुन्धारामा दौडिरहेकी शशि हाम्रा लागि ट्रेमा बियर थमाउँदै थिइन् । ऐश्वर्या, माधुरी नभए पनि करिश्मा र रेखासम्म बन्छु भनेको त्यैबेला मैले सम्झेँ । शशिको हातको ट्रेसँगै बियरका बोटल भुँईंमा झरे । शशि रुँदै थिइन्  । ‘नरोऊ, लाटी किन रोएको ?’ सान्त्वना दिएँ । विकास अलमल्ल परे ।
‘दाइ, गल्ती गरेछु यो शहर आएर । हिरोइन बन्छु बन्ने सपना थियो मेरो तर आज तीन महिनादेखि यहाँ आएका पाहुनालाई सर्भिस् गर्दैछु,’ शशिले बेदना पोख्दै गइन्, ‘साहुजीले भनेको सबै कुरा गर्नुपर्छ । नगरौँ भने कहाँ जाऔँ यत्रो सहरमा ?
म विवश भएर बसेकी छु दाई । प्लिज मलाई गाउँ पठाइदिनू । म अहिल्यै जान्छु ।’ कडा स्वभावका विकास । चुप लागेर बस्नै सकेनन् । ‘अहिले बनिस्’नि हिरोइन, होइन त ?’ विकासको कुरा सुनेर शशि भक्कानिन थालिन्, ‘सरी दाइ, जानेर होइन । नजानेर फन्दामा परेँ । तर अब यो सहर र यहाँका मान्छे राम्ररी चिनेँ,’ शशि बोल्दै गइन्, ‘फेसबुकमा भेटेका सबै आफूजस्तै लाथ्यो तर सोचेजस्तो नहुँदोरहेछ । बल्ल मैले थाहा पाएँ ।’ कुरा गर्दागर्दै उज्यालो भएछ । करिब सात घण्टा बितेको पत्तै भएन । बिहान साढे ६ बजे साहुलाई बिल मगायौँ । बिल टेबलमा आयो । ‘१४ हजार रूपैयाँको बिल छ यार,’ विकासले भने । ‘कसरी आयो साहुजी यत्रो बिल । हामीले जम्मा ४ वटा बियर र २ प्लेट चिकेन चिल्ली मगाएको थियौँ ।’ ‘२५ प्रतिशत त मैले मिनाहा गरिदिएको छु,’ साहु बोले, ‘यो नानीको रेट नै १२ हजार हो (शशितिर देखाउँदै भने) तर मैले १० मात्र लिएको छु ।’ साहुको कुरा सुनेर अचम्म लाग्यो । ‘ठीकै छ, जाउँ,’ विकासले भने । हामीले खल्तीमा भएको सबै पैसा साहुलाई बुझाएर आफ्नो बाटो तताऔँ । जाने बेलामा सोचेँ, ‘शशि तिमी हिरोइन नै भइछौ ।’ – See more at: http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=13987&catId=16#sthash.F9dD7yjJ.dpuf