भ्यालेन्टाइन्स डेको अघिल्लो दिन ‘छाडि गयौ’

काठमाडौं, १ फागुन । विजय रुम्बा लामा र विनुप सुनुवारको संयुक्त प्रस्तुति गीतिसंग्रह छाडि गयौको आज राजधानीमा एक कार्यक्रमका बीच लोकर्पण गरियो । वरिष्ठ संगीतकार राजु सिंहको हातबाट उक्त गीतिसंग्रह छाडि गयौको विमोचन गरिएको हो ।

Read More

स्ववियु सभापतिले दिए नम्रतालाई गुलाब ! ( तस्बिरहरु सहित)

नम्रता श्रेष्ठ धेरैले चिनेकै नाम हो । नेपाली फिल्म क्षेत्रमा सक्रिय यी सुन्दरीलाई चिनाइरहनु पर्देन । तर, यीनका तुलनामा तस्बिरमा सँगै देखिएका ह्यान्डसम युवालाई चिन्ने कमै होलान् । यी युवा त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विनय भट्ट हुन् । विद्यार्थी राजनीतिमा सक्रिय विनयले भ्यलोन्टाइन्स डे को पूर्वसन्ध्यामा यी सुन्दरीलाई गुलाब दिएका हुन् । कसरी मिल्यो त यो केमेष्ट्री ?

Read More

World Premiere: आवरणमा प्रियंका एकैछिन रमाउन खोज्दै(भिडियोसहित)

फिल्म ‘आवरण’को गीत (फर्स्ट लुक) रिलिज गरिएको छ । मानव जीवनको बाह्य तथा भित्री आवरणको रहस्यमय विषयलाई मुख्य विषय बनाइएको फिल्म ‘आवरण’को सार्वजनिक गीतमा नायिका प्रियंका कार्की एकछिन रमाउन चाहेको भाव व्यक्त छ । फिल्ममा उनी भड्किएको आत्माको रूपमा अभिनय गरेकी छिन् ।

Read More

द्वन्द्वकालका विषयमा साहित्यिक सिर्जना गर्न माधव नेपालको सुझाव

काठमाडौं, २९ माघ । युवा पत्रकार तथा साहित्यकार रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्पोनी’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कृतिको विमोचन गरेका थिए । पुस्तक विमोचनपछि नेता नेपालले जनयुद्धका घटनालाई केलाएर साहित्यिक पुस्तक प्रकाशन गरिँदा सर्वसाधारणले पाएको पीडा बाहिर आउने बताए …

Read More

प्रेमध्वजलाई लाइफटाइम सम्मान

स्टार एफएमद्वारा पहिलोपटक आयोजित ‘ब्लु डाइमण्ड स्टार म्युजिक अवार्ड–२०७०’ मा बरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
बुधबार राजधानीमा सम्पन्न समारोहमा उत्कृष्ट सुगम गायिकाको अवार्ड रजिना रिमालले पाइन् । उनले ‘पानीको फोका’ मार्फत अवार्ड पाएकी हुन् । यसै गीतमार्फत उत्कृष्ट संगीतकारको अवार्ड हरि लम्सालले पाए भने सुगम संगीततर्फ पानीको फोकाबाटै किरण कँडेल उत्कृष्ट भए । ‘फुलजस्तो फुलिरहँु’ गीतबाट रामकृष्ण ढकार्ल सुगम गीततर्फ उत्कृष्ट गायक ठहरिए ।

Read More

चाल चाल्दै करण क्रेजी

दोलखा, २७ माघ । चलचित्र ‘चाल’ को ९० प्रतिशत छायांकन दोलखामा भएको छ । सोमबार चरिकोटमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । सुर श्रृंगार फिल्मसको व्यानरमा निर्माण भइरहेको ‘चाल’ लाई रुपेश उप्रेतीले निर्देशन गरिहेका छन् । उनका अनुसार चलचित्रको दोलखाका शैलुंगेश्वरीको भैसे, पवटी, तामाकोशी, चरिकोट खरिढुंगालगायतका स्थानमा छायांकन गरिएको छ । बबाँकी १०…

Read More

बंगाली बाला बन्दै आइटम गर्ल अर्चना

नेपाली फिल्म ‘ढुवानी’ मा उत्तेजक आइटम नम्बर गरेर चर्चामा आएकी अर्चना गेलाल अब बंगली फिल्ममा देखिने भएकी छन् । छोटो समयमै ‘आईटम गर्ल’ का रुपमा चिनिएकी अर्चनाले बंगली फिल्म ‘सादा कालो आकाशेर क्यानभासे’ अर्थात ‘मायाको परिचय’ मा मुख्य भूमिकामा अभिनेत्रीमा देखिने भएकी छन् ।

Read More

पोखरामा पाँच वटा मल्टिप्लेक्स हल बन्ने

पोखरामा पाँच अन्तराष्ट्रियस्तरका मल्टिप्लेक्स हल निर्माण हुने भएको छ । निर्माण संस्थाहरुका अनुसार यी हलहरु पोखराका मध्यमवर्गिय दर्शकहरुलाई लक्षित गर्दै मल्टिप्लेक्स हल निर्माणमा हात बढाईएको हो ।

Read More

बैदेशिक रोजगारीमा गएकाको सिर्जनामा ‘साक्षत्’

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पुगेका नेपाली स्रष्टाहरुको सिर्जनाहरुलाई समेटेर तयार पारिएको गीतिसंग्रह साक्षता भाग १ र भाग २ को आज राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । गीतकार डा.कृष्णहरी बरालको आतिथ्यतामा साक्षात्–१, साक्षत्–२ को लोकार्पण गरिएको हो । कार्यक्रममा गीतकार भावेश भुमरी, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र पत्रकार शान्तिप्रिय, साहित्यकार नेत्र एटम लगायतको उपस्थितिमा भएको उक्त कार्यक्रमको सभापतित्व भने गीतकार प्रणिता चामलिङले गरेकी थिइन् । सुरप्रभा म्यूजिकले बजार प्रबद्र्धन गरेको साक्षत् एल्बमको गीतसंगीतको सम्पूर्ण संयोजन भने गीतकार भावेश भुमरीले गरेका हुन् ।

Read More

मोदीका लागि नांगिइन् मेगना (फोटोफिचर)

भारतीय राजनीतिमा बलिउडको सम्बन्ध बलियो छ । प्रेम र अन्य रिलेशनमा पनि बलिउडकर्मी र राजनीतिकर्मी एकअर्कासँग जोडिएका छन् । बलिउडका सेलिब्रिटी र मोडलका धेरै फ्यान हुन्छन् । तर, तिनै सेलिब्रिटी वा मोडल राजनीतिज्ञका पनि उस्तै फ्यान वा समर्थक हुन्छन् । उनीहरुले आफ्नो मनपर्ने नेतालाई जिताउन प्रयास गर्छन् । भारतीय मोडल मेगना त नरेन्द्र मोदीको प्रचारका…

Read More