Fri. Apr 26th, 2024

आस्था राउत अहिलेकी ब्यस्त गायिका हुन् । उनलाई गुलाब दिने चाहनेको संख्या कति होला ! तर, उनले भने पुरानो एउटा अनुभूति बाँडेकी छिन् । जसले दिएको गुलाब र लेखेको सायरी अझै उनले सम्झेकी छिन् । स्कुल पढ्दाताका उनलाई भ्यालेन्टाइन्स डेको दिन एक जना केटाले गुलाबसँगै एउटा कार्ड थमाएको थियो । उनले खोलेर हेर्दा यस्तो लेखिएको रहेछ, ‘सिसीभित्र सेन्ट छ, खोल्ने कसरी, मुटुभित्र माया छ, बोल्ने कसरी !’ उनको स्वभाव ‘दबंग’ थियो । उनले तत्काल प्रतिक्रिया जनाइहालिन् । त्यसपछि त कति दिन त्यो डरले कति ऊ स्कुलै आएन छ । अहिले पनि उनको स्वभावमा उति परिवर्तन आएको छैन, त्यसैमाथि स्टारडम थपिएको छ । कतिलाई लागेर पनि भन्न नसकेका होलान्, ‘आस्था… मुटुभित्र माया छ, बोल्ने कसरी !

%d bloggers like this: