‘पपकर्न’लाई काउन्टर दिन ‘सम्राट’ भएर आए बिराज
केही दिनअघि मात्रै दशजना फिल्कर्मीले फिल्म वितरण पनि थाल्ने घोषणा गरेका थिए । फिल्म वितरणलाई ब्यबस्थित गर्दै जाने भन्दै ‘पपकर्न’ नामक फिल्म वितरण संस्थामार्फत अघि बढ्ने बताएका थिए । यसैअनुरुप यही हप्ता रिलिज हुने फिल्म ‘झोले’लाई राजधानीमा वितरणको जिम्मा पपकर्नले लिएको थियो । यो हप्ता रिलिज अरु फिल्म पछि सरेर ‘झोले’को सोलो रिलिज हुने पक्का थियो । तर यही मितिमा लामो समयदेखि नेपाली फिल्मको वितरण गरिरहेका सुनिल मानन्धरले नेपाली–भोजपुरी भाषामा बनेको फिल्म ‘सम्राट’ रिलिज गर्न लागेका छन् ।