Fri. Mar 29th, 2024

काठमाडौं, ६ माघ ।
गायिका स्मिता घिमिरेले बजारमा ‘स्मि’ नामक एल्बम लन्च गरेकी छिन् । काठमाण्डौको नक्साल बन्क्वेटमा हिजो आयोजित एक कार्यक्रममा एल्बमको बिमोचन गरिएको हो ।
बिमोचन गायक कुमार बस्नेतले गरेका थिए ।चर्चित गायक कमल मान सिंहको शब्द तथा संगीतमा यो एल्बममा तयार भएको छ । एल्बममा १२ वटा गीत समावेश गरिएको छ । जसमा ए भन्छन्, हे नाचौन, मन यो मन, वुझिनौ, गहिरो तालको, मन दुखी रहेछ, ओ कती मिठो माया, झुमु झुमु लाग्छ, के भयो, उडी जाउँ, जाउन जाउँ हामी, भाग्य भने बोलका गीतहरु समावेश गरिएको छ ।कार्यक्रममा तिन ओटा गीतको भिडियो समेत देखिएको थियो ।
एल्बम बिमोचन समारोहमा नेपाली सांगीतिक क्षेत्रका थुप्रै श्रष्टाहरुको उपस्थिती थियो ।साथै केहि श्रष्टा लगाएत एल्बमका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो। सामाजिक कार्यमा पनी आफुले हात हालेको र अनाथ असहायलाई आफुले सहयोग गर्ने प्रतिबद्दता पनि गायिका घिमिरेले ब्यक्त गरिन ।

%d bloggers like this: