Sun. May 19th, 2024

प्रणय दिवसको अवसरमा कलिउडमा नयाँ जोडी सार्वजनिक भएका छन् । चर्चित रंगकर्मी तथा निर्देशक अनुप बराल र कलाकार दिया मास्केले आफुहरु बिच झन्डै ६ बर्षदेखि अफयेरमा रहेको र छिटै बिहे गर्ने रहस्य खोलेका छन् ।
भ्यालेन्टाइन डेको अवसर गर्दै एक पत्रिकाले प्रकाशन गरेको संवाद सामाग्रीमा अनुप र दीयाले आउँदो बर्ष बिवाह गर्ने योजनालाई पनि सार्वजनिक गरेका हुन् । दियाले भनेकी छिन्, ‘तपाइसँग बिहे नै गर्छु भन्ने कुरामा म पक्का थिइन, जुन दिन पक्का भयो खुसीले त्यही दिन मम्मीलाई सुनाएँ ।’
‘फिटकिरी’ निर्देशक अनुपले जवाफमा भनेका छन्, ‘मेरो मम्मीले पनि बिहे गरगर भन्नु भएको छ तर तिमी नेवार म बाहुन । समाज अझै संकुचित छ । मलाई समाजले केही भन्ने हो कि भन्ने डर छ ।’तैपनि अनुपले आउँने सालमा दियालाई बिहे गर्ने कुरामा ढुक्क हुन भनेका छन् । दियाले यो वर्षा ०७० शून्य सालमा बिहे गर्दा नराम्रो हुने भनेपछि ०७१ सालमा बिहे गर्ने अनुपले बताएका छन् ।
अनुपले दीयालाई पहिलो पटक एक रेष्टुरेन्टमा देखे तर औपचारिक भेट भने ‘लक्ष्य’ फिल्मको प्रिमियरमा भयो । त्यो बेला दीयाले फोन नम्बर मागेकी थिईन् । अनुपले हातमा नम्बर टिपाए तर हातमा लेखिएको नम्बर मेटियो, अनि यि दुई बिच सम्पर्क हुन सकेन ।
त्यसपछि टेलिफिल्म ‘दलन’ को अडिसनमा दोस्रो पटक अनुपले दीयालाई भेटेक थिए । त्यहिबेला देखि नै उनीहरु प्रेममा परेका थिए । उक्त टेलिफिल्ममा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका अनुप र दीया रियल श्रीमान् श्रीमती हुनेछन् । दुबैले पछिल्लो पटक फिटकिरी फिल्ममा समेत संगै कम गरेका छन्। दुबैलाई मनोरन्जनसंसार टिमको शुभकामना !

%d bloggers like this: