Wed. May 8th, 2024

फिल्म लूट निर्देशक निश्चल बस्नेतले नयाँ फिल्म ‘टलकजंग भर्सेज टुल्के’को आईटम हिरोइनको  टुङ्गो लगाएका छन् ।
निश्चलले जानकारी गराए अनुसार नया हिरोइन मेनुका प्रधान आईटमका लागि फाईनल भएकी हुन ।हरेक पक्षबाट हेर्दा उनी आईटमका लागि योग्य देखिएकी हुन ।
अब केही दिनमै फिल्मको आईटम गीत खिचिने छ जसमा मेनुका मेन फिचर हुने छिन् । टुल्केको आईटम गीत लेखन र गायन स्वयम निश्चल आफैले गरेका छन् । गीतको म्यूजिक भने जेशन कुवँरको रहेको छ ।
पहिलो फिल्म लुट हिट हुनमा उध्रेको चोली गीतको ठुलो हात थियो र टुल्के हिट हुनमा पनि यो आईटम गीतको त्यतिकै साथ रहनेमा फिल्म टिम ढुक्क देखिन्छ । त्यहि उध्रेको चोलीमा आईटम डान्स गरेकै कारण आहिलेकि हट आईटम गर्ल शुष्माको ब्यस्तता र चर्चा चुलिएको हो भन्न सकिन्छ।
हालकी आईटम गर्ल मेनुकाले खेलेका फिल्महरुको नाम लिन पर्दा ‘एक दिन एक रात, भिसा गर्ल र भिजिलान्ते आदि हुन ।
 

%d bloggers like this: