Thu. Apr 25th, 2024

काठमाडौं, फागुन ६ । केही दिनअघि मात्रै दशजना फिल्कर्मीले फिल्म वितरण पनि थाल्ने घोषणा गरेका थिए । नेपालदी फिल्म वितरणलाई ब्यबस्थित गर्दै जाने भन्दै ‘पपकर्न’ नामक फिल्म वितरण संस्थामार्फत अघि बढ्ने बताएका थिए । यसैअनुरुप यही हप्ता रिलिज हुने फिल्म ‘झोले’लाई राजधानीमा वितरणको जिम्मा पपकर्नले लिएको थियो । यो हप्ता रिलिज अरु फिल्म पछि सरेर ‘झोले’को सोलो रिलिज हुने पक्का थियो । तर यही मितिमा लामो समयदेखि नेपाली फिल्मको वितरण गरिरहेका सुनिल मानन्धरले नेपाली–भोजपुरी भाषामा बनेको फिल्म ‘सम्राट’ रिलिज गर्न लागेका छन् । 

उक्त फिल्म रिलिजको एक्कासी घोषणा भएपछि पपकर्नलाई काउन्टर दिन उक्त फिल्मलाई अघि सारेर हल रिजर्भ गर्न लागेको चर्चा फिल्मनगरीमा चलेको छ । फिल्ममा भोजपुरीमा ब्यस्त अभिनेता विराज भट्ट र भोजपुरी फिल्मकै हिरोइन रुवी सिंह मुख्य भूमिकामा छन् । सुरज खड्का प्रस्तुतकर्ता रहेको फिल्म योज्ञराज घिमिरे र ऊँप्रकाश अग्रवालले निर्माण गरेका हुन् ।

दीपेन्द्र के खनालले निर्देशन गरेको तथा टेकेन खड्काले निर्माण गरेको फिल्म ‘झोले’ कमेडी फिल्म हो । रिलिजअघि नै चर्चा कमाइरहेको फिल्मले ब्यवसायिका सफलता हासिल गर्ने अनुमान गरिएको छ ।

%d bloggers like this: