Fri. Apr 19th, 2024

आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्म ‘ऋतु’को गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको छ । प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता राजबल्लभ कोईराला र अभिनेत्री मलिना जोशीको टुक्रिएको प्रेम दर्शाईएको छ ।
http://www.youtube.com/watch?v=a_sYVZFnQ68#t=72
ऋतु गीत रिलिज
आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस्, अपिल विष्ट फिल्मस र अशोक गौतम फिल्म्सले निर्माण गरेको यो फिल्ममा राज र मलिनासँगै रीमा विश्वकर्मा, बिष्णु न्यौपानेको पनि मुख्य भूमिका छ । फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेका हुन् ।

%d bloggers like this: