Mon. Nov 28th, 2022

काठमाडौं, फागुन ३ । यस अघि `अन्तराल’ फिल्म  निर्देशन गरि चर्चा कमाएकी महिला निर्देशक दीपा बस्नेतले अर्को नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । नाम तय हुन बाँकी फिल्मको छायाँकन दीपाले सुटिङ चैत पन्ध्र गतेबाट प्रारम्भ गर्ने छिन । फिल्मको निर्माण बारे भ्यालेन्टाइन डेको अवसर पारेर घोषणा गरिएको हो ।
नयाँ फिल्मको कथाका लागि अन्तरालकै लेखक अभिमन्यु निरवी यतिखेर व्यस्त छन् । जीवनसाथी फिल्मस् र ट्रु इन्टरटेनर को ब्यानरमा फिल्म बन्नेछ छ ।फिल्मको कलाकार फाइनल भैसकेका छैनन् ।
अडिसनद्धारा कलाकार छनोट गरिने निर्माता जीवनसाथी बस्नेतले बताए । महिला तथा पुरुष मुख्य कलाकारको लागि यही सालको फागुन ६ गतेसम्म अडिसन मिति खुला रहेको बताउँदै ईच्छुक कलाकारलाई अडिसनको लागि बस्नेतले आग्रह गरे । अडिसनको लागि धुम्वाराहिको ट्ररुको कार्यालमा सम्पर्क राख्न सकिनेछ । जीवनसाथी फिल्मस्को दोस्रो फिल्म ‘वनफुल’ प्रदर्शनको क्रममा छ , जस्लाई नबराज बुढाथोकीले निर्देशन गरेका छन् ।