Sat. Apr 20th, 2024

मुम्बई, ४ फागुन, (एजेन्सी) । बलिउडमा ‘धुम–३’ मार्फत धुम मच्चाएका अभिनेता आमिर खान र बार्बी गर्ल कट्रिना कैफ अमेरिकी एक अनलाइनले गरेको सर्वेक्षणमा १ नम्बरमा परेका छन् । टाइम सेलेबेक्स वेबसाइटले गरेको सर्वेमा बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर र बार्बी गर्ल कट्रिनाले प्रथम स्थान हासिल गरेका हुन् ।
टाइम सेलेबेक्सको सवेक्षणको दौरान बलिउडकै अभिनेताहरू सलमान खान, शाहरुख खान, अमिताभ बच्चन र शाहिद कपुरलाई कडा टक्कर दिँदै आमिर प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । आमिर खानले डिसेम्बरमा भएको सर्वेक्षणमा ५८ दशमलव शून्य अंक प्राप्त गरेका छन् जबकि, सलमानलाई ४२, शाहरुख खानलाई ३७, अमिताभ बच्चनलाई ३१ र शाहिद कपुरलाई ३० अंक पाएका थिए ।
यो सर्वेक्षणमा अभिनेत्री कट्रिना प्रथम भएकी छन् । सर्वेक्षणमा कट्रिनाले ५९ अंक प्राप्त गरेकी छन् । यो सर्वेक्षणमा दीपिका पादुकोणले ३९ अंकका साथ दोस्रो बनेकी छन् । त्यस्तै, सोनाक्षी सिन्हा ३६ अंकका साथत तृतीय र करिना कपुर ३५ दशमलव ५ अंकसहित चौथो भएकी छन् भने पाँचाँै हुनेले २९ दशमलव ८ अ)क पाएको अनलाइनले जनाएको छ ।
टाइम्स सेलेबेक्स वेबसाइटले बलिउडका सेलिब्रेटीको चर्चा र उनीहरूले अभिनय गरेका फिल्मले बक्स अफिसमा पाएको सफलताका आधारमा सूची तयार गरेको जनाएको छ ।

%d bloggers like this: