काठमाडाैं ।
हास्यकलाकार दिपकराज गिरीले आफ्नै गाउँकी केटीलाई दुलही बनाएका हुन् । थानकोटको दहचोकमा उनको घर र ससुरालीबीच मुस्किलले एक किलोमिटरको दुरी छ ।
‘घरमा ठूलो आवाजले श्रीमतीलाई हपार्यो भने ससुरालीले सुन्ने डर हुन्छ,’ दीपकराज भन्छन् ।
उनी ससुराबासँग अहिले पनि डराउँछन् । खुलेर कुरै गर्न सक्दैनन् । ससुरा पूर्वप्रधानपञ्च हुन् । तर, क्रान्तिकारी स्वभावका । छोरीको बिहे गरेपछि उनले कहिल्यै ज्वाईंको खुट्टा ढोगेनन् ।
‘ढोग्न खोज्नुभएको भए पनि म दिने थिइनँ, तर उहाँले कहिल्यै ढोग्न खोज्नुभएन,’ दिपकले भने ।
सासुआमासँग भने उनी नजिक थिए । हँसिमजाक चल्थ्यो । तर, सासुआमा अहिले छैनन् ।
ससुरालीमा एक थान साली थिइन् । साली ठूली भएपछि दिपककै भतिजोले आँखा लाए । बिहे नगरेर सुख्खै भएन । पहिलेकी साली अहिलेकी बुहारी बनेकी छिन् । सालीसँग जिस्किने धोकै मेटिन पाएन उनको ।
बिहे गरेपछि पहिलोपटक ससुराली जाँदा दिपकलाई हजुरबाले केही टिप्स दिएका थिए । जसमध्ये एउटा थियो, खाना थपेर नखानु ।
पहिलोचोटि खाना खाँदा वरिपरीको घेरा देखेरै उनी आत्तिएका थिए । माछामासु, दही-दुध, घ्यू केही बाँकी थिएन । त्यसमाथि बाघजस्ता ससुरासँगै बसेर खान उनलाई कम्ता सकस भएन ।
‘खाना खाँदा कञ्चटमा बन्दुक राखेजस्तो भएको थियो,’ उनी सम्झिन्छन् ।
‘खाना थपौं ज्वाईंसा’ब ?’ सासुले सोधिन् ।
उनले हजुरबाले भनेको सम्झे, ‘खाना थपेर नखानु ।’
पेट भरिएको थिएन, तर भनिदिए, ‘पुग्यो आमा, पुग्यो ।’ सासुले पनि कर गरिनन् । उनी आधा पेटमै उठे ।
समयक्रममा मानमनितो घट्दै गयो, वातावरण सहज बन्दै गयो । लाज लाग्न छाड्यो ।
अहिले दिपक थानकोटको घरमा बस्दैनन् । तर, हप्तामा एकचोटि पुग्छन् । त्यहाँ पुगेका बेला ससुराली पनि छिरिहाल्छन् । दशैंमा एक रात ससुरालीमा बिताउँछन् ।
दिपकले कहिले पनि कोसेली बोकेर ससुराली नगएको बताए ।
‘म कसैको जन्मदिनको पार्टीमा जाँदा त गिफ्ट नबोकी जाने मान्छे, ससुराली के कोसेली लान्थेँ,’ उनले भने ।
घरमा एक्लै हुँदा दिपकलाई श्रीमतीले ‘बाबा’ भनेर सम्वोधन गर्छिन् । तर, ससुरालीमा चाहिँ ‘मौसमीको ड्याडी’ भनेर बोलाउँछिन् । मौसमी दिपककी जेठी छोरी हुन् ।
ससुराली जाँदा कहिले पनि चिटिक्क परेर गएनन् । नजिकै भएकाले चप्पल र हाफपाइन्ट लगाएरै पुग्छन् ।

अनलार्इनखबरबाट