Fri. Apr 26th, 2024

काठमाडौँ —
सलमान खान बलिउडका ‘मस्ट इलिजिबल ब्याचलर’ हुन् । उनले बलिउडमा तीन दशक बिताइसकेका छन् ।
बलिउडमा उनको धेरै गसिप हुन्छ। सलमानको करिअरमा लभ, अफेयर, धोका र स्क्याण्डल सँगसँगै आउने कुरा हुन्। सलमानको जीवन एउटा खुल्ला किताब जस्तै छर्लङ्ग छ।
वर्षीय यी स्टारले आधा दर्जनभन्दा बढि महिलाहरुसँग लभ र रोमान्स गरे। तर, उनकाे लभ लाइफ किहल्यै सक्सेस भएन। फिल्म दुनियाँमा उनी सुपरहिट भएपनि प्रेमको मामला उनी सधैँ ‘फ्लप’ भए। सलमानको जीवनमा मिस इण्डिया देखि विश्व सुन्दरीसमेत आए।
सन् १९८० की मिस इण्डिया संगिता भिज्लानीसँग सलमान खानको प्रेम सम्बन्ध थियो। सन् १९९० को दशकमा उनीहरुबीचको प्रेम सम्बन्ध टुट्याे।
सोमी अली:
१९ वर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी सोमी अली र सलमान खानको पहिलो भेट सन् १९९३ मा भएको थियो। द हिन्दुस्तान टाइम्सका अनुसार सलमानको अत्याधिक मदिरा सेवन र अरुलाई अपमान गर्ने बानीबाट दिक्क लागेर अलीले सन् १९९९ मा सलमानलाई छाडेकी थिइन्।
ऐश्वर्या राय:
बलिउडमा सलमान खान र सन् १९९४ की विश्व सुन्दरी ऐश्वर्या रायको ब्रेक अप कहिल्यै सेलाएन, सधैँ चर्चामै रहन्छ।
सञ्जयलीला भनसालीको ‘हम दिल दे चुके सनम’ फिल्मको सुटिङको क्रममा सलमान र ऐश्वर्याबीच प्रेमको अंकुरण भएको थियो। ऐश्वर्याको परिवारले सलमानसँगको सम्बन्धलाई रुचाएको थिएन। सलमानले ऐश्वर्यासँग बिहे गर्न मरिहत्ते गर्थे। त्यसबेला ऐश्वर्याले विवाह गर्ने मनिस्थितिमा थिइनन्। उनी आफ्नो करिअरमा केन्द्रित थिइन्। आफुलाई शारिरीक यातना दिएको भन्दै ऐश्वर्याले सलमानमाथि आरोप लगाउँदै सन् २००२ मा दुवैको सम्बन्धमा ब्रेक लागेको थियो।
ब्रेकअप पछि सलमानले ऐश्वर्याको करिअरलाई खत्तम पार्न खोजेका थिए। ऐश्वर्याको सुटिङ स्थलसम्म पुगेर सलमानले हंगामा मच्चाउने गर्थे। सुटिङकै विषयलाई लिएर सलमानले शाहरुख खानसँग झगडा गरेको समाचारहरु आएका थिए।ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन्।
स्नेहा उलाल:
ऐश्वर्या रायसँगको ब्रेकअप पछि सलमानको नाम १८ वर्षीया नायिका स्नेहा उलालसँग जोडियो। स्नेहा र सलमान दुवैले ‘लक्की’मा अभिनय समेत गरे। उनीहरुको सम्बन्ध धेरै समयसम्म टिकेन। स्नेहा तलेगु फिल्म उद्योगमा सक्रिय छिन्।
कट्रिना कैफ:
भनिन्छ, कट्रिना कैफलाई बलिउडमा स्थापित गराउन सलमानको ठूलो भूमिका छ। डेब्यू फिल्म ‘बुम’बाट जम्न नसकेपछि कट्रिनाले सलमानसँग सहयोग मागिन्। सन् २००५ मा उनीहरु ‘मेनेँ प्यार क्यूँ किया’मा सँगै देखिए।
त्यसपछि कट्रिनाले बलिउडमा पछि फर्कनु परेको छैन। उनीहरुको प्रेम सम्बन्ध सन् २०१० मा टुंगिएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। दुवैले एकअर्काको सम्बन्धबारे मिडियामा लुकाएपनि पापराचीहरुले उनीहरुलाई धेरै पटक सँगसँगै भेटाएका थिए।
क्लउडीया सेइस्ला:
सलमान र कट्रिनाको सम्बन्ध टुट्नुको कारण जर्मन मोडल क्लउडीया सेइस्ला रहेको बताइन्छ। सलमानले आफ्नो घरमा सेइस्लालाई परिचय गराउन लागेका थिए। यही विषयलाई लिएर सलमान र कट्रिनाको ब्रेकअप भएको भारतीय मिडियाहरुको दाबी छ। क्लउडीया फिल्महरुमा सानो भूमिका निर्वाह गर्छिन्।
जरिन खान:
सन् २०१० मा सलमान र जरिन दुवैले ‘वीर’मा अभिनय गरेका थिए। दुवै राती अवेरसम्म पार्टीहरुमा देखिन्थे। जरिन, कट्रिना जस्तो देखिन्छिन्। मडियामा जरिनले सलमानसँगको रोमान्सलाई इन्कार गरेकी थिइन्।
मेहेक चाहेल:
सन् २००७ मा सलमानको ब्लकबस्टर फिल्म ‘वान्टेड’ मा चाहेलले अभिनय गरेकी थिइन्। सलामानले सञ्चालन गर्ने रियालिटी शोमा समेत उनले भाग लिइन। शोमा सलमानले महेकलाई बढि प्राथमिकता दिएको भन्दै भारतीय भिडियाहरुले प्रचारबाजी गरेका थिए। पछि उनीहरु दुवै साथी मात्र रहेको बताइयो।
लुलिया भन्टुर:
सलमानसँग पछिल्लो समय जोडिएकी महिला रेमानीयन नायिका लुलिया भन्टुर हुन्। लुलियालाई सलमानले भारतमा दुई वटा ‘लङ टुर’ गराइसकेका छन्। दुवैलाई मुम्बईमा सँगै देखिने गरेको हिन्दुस्तान टाइम्सको दाबी छ।
इली अभ्रम:
मिक्की भाइरसबाट बलिउड डेब्यू गरेकी इली अभ्रम सलमानले विवाह गर्न सक्ने महिला भनेर टाइम्स अफ इण्डियाले लेखेको छ। इली सलमानको निकटस्थहरु मध्ये एक रहेको उक्त पत्रिकाले जनाएको छ ।
 
सााभारः इकान्तिपुर

Leave a Reply

%d bloggers like this: