Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली चलचित्र क्षत्र र टेलिचलचित्र क्षत्रमा आबद्ध भएर अब्बल कलाकारको रुपमा काम गरिरहेका अभिनेता तथा गायक रुद्र प्रसाद (आरपी) भट्टराईको बिराटनगर स्थित उनको फुपुको घरमा आज बिहान निधन भएको छ | तर उनका दुई छोरा तथा आमा काठमाडौं र भाई दिल्लीमा रहेको हुनाले घर आइपुग्न समय लाग्ने भएकोले भोलि शनिबार मात्र दाह संस्कार गरिने कुरा उनका परिवारले बताएको छ |
rp-bhattarai
उनको परिवारको अनुसार सबै परिवारको सदस्यहरु घर देखि टाढा भएकोले पनि जम्मा हुन समय लाग्ने भएकोले दाह संस्कारको कार्यक्रम भोलिलाई सारिएको हो | त्यस्तै आरपीका दाजु हरि भट्टराईको अनुसार हाँसो खुसीमै राती नौ बजेसम्म फुपुको घरमा सबैजना संग गफ गरेर सुतेका उनि बिहान हेर्दा संसार छोडिसकेका थिए |
rp-bhattarai
नेपाली चलचित्र क्षत्रमा उनको योगदान निकै अपरिहार्य रहेको छ | उनले लामो समय देखि हास्य कलाकारको माध्यमबाट थुप्रै नेपाली दर्शकहरुको मनोरंजन गराउदै आइरहेका थिए | नेपाल टेलिभिजन देखि प्रसारण हुने टेलिचलचित्र तितो सत्य मा “लाजराम” नामक पात्रबाट उनि दर्शकहरुको मनमा राज गर्न सफल भए | त्यसपछि उनले थुप्रै नेपाली चलचित्रमा समेत उत्कृष्ट अभिनय गरेर दर्शकहरुको माझमा छुट्टै पहिचान बनाईसकेका थिए | नेपाली कला क्षत्रका यस्ता अब्बल कलाकार रुद्र प्रसाद (आरपी) भट्टराईको आत्माको शान्तिको लागि मनोरंजनसंसार डटकम परिवार प्राथना गर्दछ |

Leave a Reply

%d bloggers like this: