Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
अहिले आफ्नो तेस्रो चलचित्र “हेप्पी डेज” को छायांकनमा युकेमा अति ब्यस्त रहेका निर्देशक मिलन चाम्सको अब लगातार अर्को चलचित्रको छायांकन हुने तयारीमा रहेको छ | चलचित्रको नाम हो “ब्लाइन्ड रक्स” | निकेश लिम्बु निर्माता रहेको यस चलचित्रमा निर्देशक मिलन चाम्सले आफ्नो तेस्रो चलचित्र “हेप्पी डेज” को छायांकन समाप्त भए लगतै २०१७ को जनवरी महिनाको दोस्रो हफ्ता देखि चलचित्र “ब्लाइन्ड रक्स” को छायांकन सुरु गर्नेछन् | निर्माण पक्षेको अनुसार चलचित्रको छायांकन नेपाल र मित्र राष्ट्र भारतमा हुनेछ |
चलचित्रमा अभिनयको लागि केहि समय अगाडी नै एक कार्यक्रम बीच बेनिशा हमाल , गौरी मल्ल र नजिर हुसेन लगाएतका कलाकारहरु मनोनयनमा परिसकेका छन् | त्यस्तै चलचित्रमा नायिका बेनिशा हमाललाई भने हामीले मुख्य भूमिका देख्न सक्नेछौ | निर्माण पक्षेको जानकारी अनुसार चलचित्रको निर्माण लागत करिब १ करोड रहेको छ |
चलचित्र नेपाली परिवेशको वास्तविक कथा वस्तुमा तयार हुदैछ | एउटा नारी त्यसमाथि आफु दृष्टि बिहिन भएर पनि आजको दिनमा अरुलाई प्रेणाका संदेश दिन सक्ने र मान्छेको इच्छा र चाहनाको साथमा लगाव भयो भने कुनै पनि कुरा असम्भव नहुने कुराको उल्लेखनीय उदहारणको रुपमा स्थापित भएकी सृष्टि केसीको वास्तविक जीवनीमा चलचित्र ब्लाइन्ड रक्स निर्माण हुने कुरा निर्माता निकेश लिम्बुले बताएका छन् |
चलचित्रको कथा वस्तुले धेरै दर्शकहरुको मनमा थुप्रै कुराहरुको महसुस गराउने विश्वास निर्माता निकेश लिम्बुले बताएका छन् | त्यस्तै यस चलचित्रमा पनि आफ्नो पछिल्लो चलचित्र जस्तै निकै मेहनतका साथ काम गर्ने र चलचित्रलाई पूर्ण रुपमा न्याय गर्ने कोसिस आफुले गर्ने प्रतिबध्ता निर्देशक मिलन चाम्सले जाहेर गरेका छन् |

Leave a Reply

%d bloggers like this: