Thu. May 9th, 2024

काठमाडौं / सिनेमा निर्देशनमा अभिनेता नवराज श्रेष्ठले डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने सिनेमाको नाम ‘लुसु’ राखिएको छ ।

दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता शेखर लामा रहेका हुन् । निर्माण टिमले सिनेमा निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत लिसकेको छ ।

पदम बिश्वकर्माको कथा लेखन रहेको सिनेमा सामाजिक कथामा आधारित हुने छ । नेपाल र अमेरिकामा छायांकन हुने सिनेमाको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ ।

सिनेमाको मुख्य कलाकार तथा प्राबिधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताएका छन् । अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेठले बताए ।

निर्देशक श्रेष्ठले सिनेमाको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महशुस भएर निर्देशनमा आउन लागेको बताए । सन् १९९४ को सिनेमा ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतका सिनेमामा अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: