Thu. May 9th, 2024

काठमाडाैँ । बलिउड चलचित्र ‘ड्रिम गर्ल–२’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आयुष्मान खुराना मुख्य भूमिकामा रहेको चलचित्रमा आयुष्मान डान्सर पूजाको भूमिकामा देखिएका छन् ।

चलचित्रको निर्देशक राज शाण्डिल्य छन् । चलचित्रको निर्मात्री एकता कपुर र शोभा कपुर छन् भने एकताले चलचित्र ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेका हुन् । ट्रेलर सेयर गर्दै उनले लेखेका छन्, “ड्रिम गर्लको संसारमा सपनाकी रानीको मजा लिन तयार रहनुहोस् ।” भदौ ८ मा प्रदर्शन हुने चलचित्रमा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपुर, विजय राज, राजपाल यादव, सीमा पहवालगायत कलाकारको अभिनय छ । चलचित्र सन् २०१९ को ‘ड्रिम गर्ल’ को सिक्वेल हो ।

Leave a Reply

%d bloggers like this: