Sat. May 18th, 2024

काठमाडाैँ । आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का : एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापाको निर्देशनमा बनेको यो फिल्म स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण भएको हो ।

ट्रेलरमा शीर्ष कलाकारहरू प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतलाई देख्न सकिन्छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा र संवाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायाङ्कन छ ।

Leave a Reply

%d bloggers like this: