Sat. May 18th, 2024

काठमाडाैँ । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको यसमा देख्छिन् । प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ ।

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए । “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए । अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके । यसपछि प्रेमकथानक चलचित्र चार÷पाँच वर्षसम्म बनाउँदिन ।”

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् । चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

Leave a Reply

%d bloggers like this: