Sat. May 18th, 2024

काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा जानेहरूको नाम करिब टुंग्याएको छ। पार्टीबाट सरकारमा पाँच जनाको नाम टुंगो लागेको नेताहरूले दाबी गरिरहेका छन्।

नेपाली कांग्रेसले सरकारमा सामेल हुन ८ मन्त्रायल माग गरेको छ। यसबारे विस्तृत छिनोफानो भने हुन नै बाँकी रहेको छ। कांग्रेसको माग सात मन्त्री र एक राज्यमन्त्री हुने बताइएको छ।

नेपाली कांग्रेसको पछिल्लो छलफलबाट पसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ सहित प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको लिस्टमा परेका छन्।

गृह मन्त्रालयको दाबी गरेका उपसभापति खड्का पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने बताइएको छ।

पाँच जनाको नाम टुंगिएको बताइँदा अब पार्टिले सरकारमा सामेल हुने २ मन्त्री र १ राज्यमन्त्रीको नाम चयन गर्न बाँकी रहेको स्रोतले उल्लेख गरेको छ।

कांग्रेस सभापति शेर बहादुर देउवाले प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको पदमा पुर्याउन कसरत गरिरहेको बुझिएको छ।

कांग्रेसले अर्थ, परराष्ट्र र रक्षासहित ७ मन्त्रालय पाउने सम्भावना छ । पार्टीले कुन-कुन मन्त्रालय पाउँछ भन्ने निश्चित भएसँगै त्यस अनुसार व्यक्ति छनोट हुने नेताहरु बताउँछन् ।

Leave a Reply

%d bloggers like this: