Sat. May 4th, 2024

काठमाडाैँ। चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य तोकिएका छन्। बोर्डले गत सोमबार बसेको बोर्डको बैठकबाट शाहीलाई सल्लाहकार समितिको सदस्य तोकेको हो।

उनलाई चलचित्र विकास बोर्डको काम कारबाहीमा आइपर्ने बाधा, अड्चन, एवं समस्याका साथै चलचित्र क्षेत्रसँग सम्बन्धित नीति,योजना तथा कार्यक्रम कार्यान्वयन वा तर्जुमा गर्दा बोर्ड तथा बोर्डका पदाधिकारीहरुलाई आवश्यक परेको बखतमा राय, सुझाव एवं सल्लाह प्रदान गर्नका लागि उक्त जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

बोर्डका अध्यक्ष भुवन केसीको हस्ताक्षर भएको पत्रमा उल्लेख गरिएको छ, ‘प्रस्तुत बिषयमा चलचित्र विकास बोर्डको काम कारबाहीमा आइपर्ने बाधा, अड्चन, एवं समस्याका साथै चलचित्र क्षेत्रसँग सम्बन्धित नीति,योजना तथा कार्यक्रम कार्यान्वयन वा तर्जुमा गर्दा बोर्ड तथा बोर्डका पदाधिकारीहरुलाई आवश्यक परेको बखतमा राय, सुझाव एवं सल्लाह प्रदान गर्नका लागि तपाईंलाई “चलचित्र विकास बोर्ड सल्लाहकार समिति” को सदस्य तोकिएको व्यहोरा बोर्डको मिति २०७९।९।११ को निर्णयानुसार अनुरोध गर्दछु ।’

शाहीले २ दशकभन्दा बढि समयदेखि नेपाली चलचित्रको विस्तार र विकासमा योगदान दिइरहेका छन्। उनले निर्माण गरेका, वितरण गरेका र अभिनय गरेका दर्जनाैँ फिल्महरू सुपरहिट समेत भएका छन्।

Leave a Reply

%d bloggers like this: