Sat. May 4th, 2024

काठमाडाैँ । फिल्म ‘‘प्रेमगीत ३’को प्रमोशनल कार्यक्रमहरू सुरू भएका छन्। नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्मको रिलिज डेट नजिकिएसँगै निर्माण युनिटले प्रमोशन सुरू गरेको हो।

फिल्मको प्रमोशनका लागि निर्माता निर्देशक सन्तोष शेनको साथमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, भारतीय गायक पवनदिप सिंह लगायतको टोली भारतमा जुटिरहेको छ।

त्यस्तै, नेपालमा भने अभिनेता सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दास लगायतले प्रचारप्रसारको जिम्मेवारी लिएको बताइएको छ।

नेपाल बाहिर बिहीबार नै प्रोमोशनल टुर सुरू भएता पनि नेपालमा सातै वटा प्रदेशमा पत्रकार सम्मेलन गरेर प्रोमोशनल टुर सुरू गरिने बताइएको छ।

भारतको सिक्किम र आसाम क्षेत्रमा प्रदिप, क्रिष्टिना र सन्तोष गरिसकेका छन्। अब प्रदिप र क्रिष्टिना नेपालमा प्रमोशनका लागि जुट्ने बताइएको छ।

यो फिल्म असोज ७ गते नेपाल तथा भारतमा रिलिज हुँदैछ। भारतमा पनि रिलिज हुने नेपालको यो नै पहिलो फिल्म हो।

भारतका १५ सय बढी हलमा चलचित्र रिलिज गर्ने तयरिअम निर्माण टिम रहेको छ। स्वर्गीय छेतेन गुरुङ्गसंग मिलेर सन्तोष शेनले निर्देशन गरेको चलचित्रमा प्रदिप खड्का, क्रिष्टिना गुरुङ्ग, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ।

 

Leave a Reply

%d bloggers like this: