Sat. May 18th, 2024

काठमाडाैँ । नेपाली चलचित्र क्षेत्रका सफल व्यक्ति गोविन्द शाही नेपाल सांस्कृतिक संघको सह-महामन्त्रीमा मनोनित भएका छन् ।

संघका सभापति तीर्थ बहादुर थापाले शाहीलाई संघको परिच्छेद ७ को दफा २० (छ) बमोजिम मनोनित गरेका हुन् ।

शाहीको मनोनयनसँगै संघको उन्नयन, सम्बर्द्धन, द्रूतस्तर विकासका लागि पारस्पारिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा सभापति थापाले गरेका छन् ।

शाहीलाइ मनोनय गरिएको पत्रमा उनले विगतमा संघमा रहेर लोकतान्त्रिक आन्दोलन र सांस्कृतिक उच्चता श्रीवृद्धि गर्न गरेको उल्लेखनीय योगदानको कदर गरिएको उल्लेख छ ।

गोविन्द शाही फिल्म नायक, निर्माता तथा वितरक हुन् । उनी पछिल्लो २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् ।

 

Leave a Reply

%d bloggers like this: