Mon. May 20th, 2024

काठमाडाैँ । फिल्म ‘म यस्तो गीत गाउँछु-२’ शिवरात्रीमा रिलिज हुने भएको छ । फिल्म निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमार्फत फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो निर्णयले फागुन १ गतेबाट मनोरञ्जनका क्षेत्रहरू खुल्ला गर्ने भएसँगै फिल्मको प्रदर्शन मिति तोकिएको हो ।

फागुन १३ सहित यस फिल्मको प्रदर्शन मिति चाैथो पटक तोकिएको छ । यसभन्दा अघि अगाडि २०७६ सालको फागुन २३, फागुन ३० र गत माघ १९ प्रदर्शन मिति घोषणा गरिएता पनि कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

फिल्ममा शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: